साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबा र आमा सधैँ हसाऔँ !

हिमालजस्तै बुबा मुमा हुन् पहाड बेँसी सुरम्य फाँट सदैव हिँड्छन् हरेर बाधा समस्तलाई दिएर आँट बुझेर यस्ता अपूर्व जोडी लडे कतै यी छिटो उठाऔँ नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।

Nepal Telecom ad

कविराज घिमिरे :

बनी सुकर्मी, इमान साँचो, खनेर माटो, उमार्न बीज
बुबा सँगै छन्, सपार्नलाई, हुँदैन गाह्रो, बने सजीव
बसेर आफू, स्वदेश भित्रै, चिनेर आ मा, यहीँ रमाऔँ
नबिर्स हाम्रो, परम्परा यो, बुबा र आमा, सधैँ हँसाऔँ ।। १

पवित्र आत्मा बनेर हाम्रो दियो बलेझैँ छ कर्म साँचो
बनाउने ती सुबुद्धिकर्ता महान् गनिन्छन् नहाल भाँजो
सुदूर बाजे बजै गए ती संस्कार छोडी स्वयम् चलाऔँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।। २

सपार्नलाई गरे अनेकौँ क्रिया यिनैले खपेर दुःख
छ आज हाम्रो भला जगत् यो र भोग गर्छौँ मिलेर सुक्ख
विशाल छाती बनाउँदै यो जबाफदेही बुझेर आऔँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।। ३

भएर रोगी नहुन् अँध्यारा इलाज गर्दै निको बनाई
प्रसन्न पारौँ मिलेर हामी मुसुक्क हाँसौँ बनी दबाई
अहा ! बनोस् यो निवास हाम्रो बुढाबुढी यी खुसी बनाऔँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।। ४

कतै नसामा हुने समस्या कतै दिमागी दशा हुनाले
छँदा बुढ्यौली अनेक बाधा छ भोग्नुपर्ने सबै जनाले
तसर्थ लागौँ बनेर सेवी परोपकारी खुदै जनाऔँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।। ५

हिमालजस्तै बुबा मुमा हुन् पहाड बेँसी सुरम्य फाँट
सदैव हिँड्छन् हरेर बाधा समस्तलाई दिएर आँट
बुझेर यस्ता अपूर्व जोडी लडे कतै यी छिटो उठाऔँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।। ६

०००
भक्तपुर बुढ्यौली सा.समाजमा अभ्यास

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x