साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आनन्द होला के गरी ?

बस्दा त आफ्ना साथमा उत्साह वर्षा हुन्छ रे। सन्तान टाढा लाग्दछन् सौजन्य आभा लुक्छ रे ।। उत्साह छाती फक्रियोस् झुल्नेछ शोभा फर्फरी । सन्तान आफ्ना बिग्रिँदा आनन्द होला के गरी ?

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

चिन्दैन आफ्नो जन्म जो पर्नेछ भारी सङ्कट।
जानेर यो उठ्‌ने छ जो चिर्नेछ भारी झन्झट ।।
अग्लो सुमार्गी जो बन्यो बग्नेछ भारी निर्झरी।
सन्तान आफ्ना बिग्रिँदा आनन्द होला के गरी ?०१।।

बाबा र आमा झेल्दछन् सङ्कष्ट भारी जान यो।
टोक्छन् असाध्यै दुष्टले, दुख्नेछ ज्यादै चेत यो ।।
सन्तान उल्टो मार्ग छन् आनन्द भाग्छ त्यो घरी।
सन्तान आफ्ना बिग्रिँदा आनन्द होला के गरी ? ०२।।

पोल्दो छ छाती बेस्सरी छोरा र छोरी दुर्गुणी।
बन्छन् सुकर्मी सोच्दथेँ सन्तान मेरा सद्‌गुणी ॥
दुख्दै छ छाती जोडले हान्दै छ शोला बेस्सरी ।
सन्तान आफ्ना बिग्रिँदा आनन्द होला के गरी ?०३।।

उत्साह सारा सुक्दछन् सन्तान बाटो बिर्सिऊन्।
सौभाग्य नौला डुल्दछन् सन्मार्ग उम्दा सिर्जिऊन् ।।
छोरा र छोरी दुख्दछन् बर्सन्छ पीडा बर्बरी ।
सन्तान आफ्ना बिग्रिँदा आनन्द होला के गरी ?०४॥

बस्दा त आफ्ना साथमा उत्साह वर्षा हुन्छ रे।
सन्तान टाढा लाग्दछन् सौजन्य आभा लुक्छ रे ।।
उत्साह छाती फक्रियोस् झुल्नेछ शोभा फर्फरी ।
सन्तान आफ्ना बिग्रिँदा आनन्द होला के गरी ?०५।।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x