साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई बधाई छ !!!

आफ्नै गुणगान गाउन थालेँ । आफ्नै गाथाहरू लेख्न थालेँ । अरुलाई पटमूर्ख र आफूलाई महाज्ञानी देख्न थालेँ ।

Nepal Telecom ad

मैले सानैदेखि बुद्धका कथाहरु सुनेको थिएँ ।

सिद्धार्थ गौतमले आफ्नो घरबार छोडेर हिँडेको, बुद्धत्व प्राप्त गरेको, अनुयायीहरुलाई उपदेश दिएको सबै कथा मेरा मानसपटलमा ताजै थिए ।

नेपालमा जन्मेर पनि बुद्धले कसरी यत्रो नाम कमाए ? मलाई अलिकति इष्र्या पनि थियो र अलिकति बुद्ध हुने लोभ पनि पलाएको थियो ।

बुद्ध घरपरिवार छोडेर हिँडेपछि बुद्ध बनेछन् भन्ने कथाले म प्रभावित थिएँ । अनि बुद्ध बन्न मैले पनि घर छोड्ने निधो गरेँ । बुद्ध भारत पुगेछन् र बुद्ध बनेछन्, म चाहिँँ बुद्धभन्दा पनि ठूलो बुद्ध बन्ने सोचेर घरपरिवार छा्डेर सोझैँ भारतभन्दा पनि टाढा र ठूलो देश अमेरिका हानिएँ ।

बुद्ध पैदल हिँडेर भारत गएर त ज्ञान प्राप्त गरेका थिए भने म त हवाइजहाज चढेर अमेरिका पो पुग्ने त । ज्ञान नफुर्ने कुरै थिएन ।

नभन्दै अमेरिका पुग्नासाथ मलाई अकस्मात ज्ञानको वर्षा भैहाल्यो । म ज्ञानको सागरमा डुबेँ । बुद्ध बन्न त ज्ञानको सागरमा आफू मात्र डुबेर भएन, अरुलाई पनि डुबाउनु पर्यो । आफ्ना उपदेशले अनुयायी बढाउनु पर्यो । तर आजको जमानामा बुद्धको समयको जस्तो अनुयायी एक ठाउँमा जम्मा गरी उपदेश दिन संभव थिएन । समय परिस्थिति अनुसार चल्नै पर्यो । म सामाजिक सञ्जालमार्फत विद्युतीय ज्ञान र उपदेश बाँड्न थालेँ ।

अमेरिका बसेर सामाजिक सञ्जालमा नेपालका नेताहरूलाई गाली गर्न थालेँ । कठै, मेरो देशको दुर्गति ! भन्दै देशलाई व्यंग्य गर्न थालेँ । देश कसरी बनाउने भनेर अमेरिकाका उदाहरण दिन थालेँ । कसैको समर्थन र कसैको विरोधमा मैले दिनदिनै अर्ति उपदेश वर्षाउन थालेँ ।

बुद्धका अनुयायी बढे झैँ मेरा उपेदशमा पनि दिनप्रतिदिन भ्युअरहरू बढे । लाइक र कमेण्टको वर्षा भयो । म दङ्ग परेँ । अरुलाई गाली गर्न सके अझ बढी लाइक र कमेण्ट आउने थाहा पाएपछि म त्यसतर्फ बढी आकर्षित भएँ ।

मेरा विद्युतीय उपदेशमा लाइक र कमेण्टका वर्षा देखेपछि मलाई आफू बुद्ध मात्र होइन, महाबुद्ध नै भएँ झैँ लाग्यो । आफैँप्रति गर्व लाग्यो । आफ्नै गुणगान गाउन थालेँ । आफ्नै गाथाहरू लेख्न थालेँ । अरुलाई पटमूर्ख र आफूलाई महाज्ञानी देख्न थालेँ ।

र, अन्यमा आफैँले आफैँलाई बधाई दिएँ- “महाबुद्ध बनेकोमा तँलाई बधाई छ !!!”

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x