सुरेशकुमार पाण्डेशहीद !
अलिक पर गाँधीका तीन मानवरूपि बाँदरहरूहरू आफ्नै धुनमा थिए । एउटाले आफ्नै हातले आँखा छोपेको, अर्कोले कान र तेस्रोले मुख छाेपेको।

सुरेशकुमार पाण्डे :
“देश र जनताको लागि हामीले के-के गुमाएनौँ ? लामाे समयसम्म भूमिगत जीवन बितायौँ । जेल नेल सह्याैँ आफ्ना छोरा छोरी समेत गुमायौँ ।”- बोल्दा बोल्दै मन्त्री गुलाब सिंह भावुक हुन्छ।
बडीगाडले मन्त्रीको हातमा रूमाल थमाउँछ। अर्को नेताले थर्मसबाट गिलासमा पानी निकालेर दिन्छ।
“म आफ्नो छोराछोरीको लागि होइन भाभुक भएको । बरू देशका हजारौँ शहीदहरूको सम्झनाले गर्दा आँखाबाट आँसु छचल्किएको हो ।”- मन्त्रीले सालिकमा माला अर्पण गर्दै थप्यो।
“त्यो कुपुत्र त जाँड घिचेर मरेको होइन र ?”
“चुप चुप विस्तारै बोल कसैले सुन्ला।”- आर्कोले मुखमा चोर औंलाले इसारा गर्दै भन्यो ।
त्यही कार्यक्रममा उपस्थितहरू मध्य केहीले आपसमा कानेखुसी गर्दै थिए। “जाँड घिचेर मरेका पनि शहीद रे…।यसरी त असल शहीदको अपमान भएन र ?”
उता लखन थापाको सालिक नचिनिने अवस्थामा थियो।
राखेदेखि कहिल्यै स्याहार सम्भार नभएको जस्तै लाग्थ्यो।
मिलन चौकको आर्को कुनाबाट गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दका सालिक ट्वाल्ल परेर हेरिरहेका थिए ।
“यिनीहरूको सालिक पनि वेवारिसे अवस्थामा देखिन्छ।”-पहिलोले इसारा गर्दै भन्यो।
“केही नभन, केही नहेर र केही नसुन। ऊ पारि हेर त !”- चोर औंलाले देखाउँदै भन्यो।
अलिक पर गाँधीका तीन मानवरूपि बाँदरहरूहरू आफ्नै धुनमा थिए । एउटाले आफ्नै हातले आँखा छोपेको, अर्कोले कान र तेस्रोले मुख छाेपेको।
०००
दाङ, घोराही
१६ माघ २०८०
Subscribe
Login
0 Comments
Oldest






































