साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्रुकारिता व्यवसाय

इन्टरनेटमा पाइने अनेक नयाँ पुराना भिडिओहरूबाट आफूलाई चाहिने टुक्राहरू कट गरेर आफ्नो भिडिओमा पेस्ट गर्नुपर्छ । कुनै हत्या, बलात्कार वा आक्रमण भएका घटना भए घटनाको कारण र दोषीको नामै किटेर समाचार ठोक्नुपर्छ ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

देशमा नयाँनयाँ रोजगारीका अवसरहरू सिर्जना भइरहेका छन् । अहिले असाध्यै ठूलो रोजगारीको रूपमा पत्रुकारिता देखिएको छ । यसको व्यवसाय सारै सजिलो र लाभदायी रहेछ । ओछ्यानमै सुती सुती पनि यसको खेति गर्न सकिने रहेछ । पत्रुकारिताका लागि पत्रकारितालाई जस्तो कुनै शैक्षिक योग्यता, आचारसंहिता, सरकारी निकायमा दर्ता, कार्यालय कोठा, कुनै ठूलो सञ्चारमाध्यममा जागिर वा पहुँच केही नभए पनि हुने रहेछ । खल्तीमा एउटा मोबाइल फोन भए पत्रुकार हुनलाई कुनै आइतबार पर्खनै नपर्ने । समाचार त्यसैमा टाइप गर्न मिल्ने, तस्वीर भिडिओ त्यसैले खिच्ने । बुद्धि लगाएर काम गरे रातारात मालामाल हुने सम्भावना हुने । नोक्सानी त छँदै छैन । अझ भिडिओ पत्रुकारिताको बजार त रगतभन्दा रातो र अगुल्टो भन्दा तातो छ अहिले । एउटै सर्त छ, यस व्यवसायमा लजाउनु, घिनाउनु र डराउनु चाहिँ हुँदैन । आफ्ना उत्पादनले समाजमा के असर गर्छ वा कसैको जिन्दगी नै बर्बाद गर्छ कि भन्नेतिर सोच्नु हुँदैन । त्यसरी सोच्न थाल्ने हो भने चाहिँ यो व्यापार नगरे पनि हुन्छ ।

हाम्रा गाउँतिर लाग्ने हटिया, मेला, महोत्सवहरूमा बाँदर नचाएर घुमीघुमी चटक देखाउने, पानीपुरी, चटपटे वा हवाइ मिठाइ बेच्ने, डमरू बजाएर बरफ बेच्ने, हरेक माल अढाई रुप्याँ आदि प्रकारका खुद्रे व्यापारीले गरे जस्तै पत्रुकारिताको व्यापारमा पनि हातमा क्यामेरा अन गरेर ठाउँठाउँमा घुम्न जानुपर्ने हुन्छ । जस्तै, लोग्नेस्वास्नी वा सासूबुहारीहरू कुटाकुट गरेका ठाउँमा, अनैतिक यौन सम्बन्धका लफडाहरू भएका ठाउँमा, कुकुर, सुँगुर वा गाईगोरूको प्रेमालाप भएका ठाउँमा, अलि अस्वाभाविक तरिकाले कोही मानिस मरेको वा आत्महत्या गरेको ठाउँमा, इत्यादि । हिजोआज केही व्यक्तिहरू नकारात्मक विषयलाई चर्को युट्युब प्रस्तुतिद्वारा रातारात सेलिब्रिटी भएका छन् । त्यस्ता सेलिब्रिटीहरूलाई खोजी खोजी सरकार वा कसैविरूद्ध गाली ओकलाउन सकिन्छ । त्यस्तै विभिन्न हत्या वा बलात्कार काण्डहरूले जन्माएका अनेक मनोविश्लेषक र विशेषज्ञहरूसँग अन्तरवार्ता गर्न सकिन्छ । जस्तै, सुम्ला विशेषज्ञ, डिएनए विशेषज्ञ, खकारविज्ञ, वीर्य विश्लेषक, मनोरोग ज्ञाता, अपराधविज्ञ, जासुस आदि । यस्ता भयङ्कर प्रतिभाहरू चिया दोकानमा, क्यारेमको बोर्ड वरिपरि, जुवातासको खालमा, देवालयमा, शौचालयमा जताततै छ्याप्छ्याप्ती पाइन्छन् । तर्कशास्त्रमा पारङ्गत छ भने मानसिक सन्तुलन गुमाएर बजारमा नाङ्गै घुम्दै हिँडेको व्यक्ति पनि समाचारका लागि स्रोतव्यक्ति हुनसक्छ ।

यसरी संकलन गरिएका कच्चा पदार्थमा आफूले सपना देखेका आधारमा, अनुमान गरेका आधारमा, सुनेका भरमा, घटना घटाउने व्यक्तिको राजनीतिक संलग्नताको आधारमा, पत्रपत्रिका, फेसबुक, युट्युव, अनलाइनहरूका आधारमा बेस्सरी मसला खाँद्नुपर्छ । इन्टरनेटमा पाइने अनेक नयाँ पुराना भिडिओहरूबाट आफूलाई चाहिने टुक्राहरू कट गरेर आफ्नो भिडिओमा पेस्ट गर्नुपर्छ । कुनै हत्या, बलात्कार वा आक्रमण भएका घटना भए घटनाको कारण र दोषीको नामै किटेर समाचार ठोक्नुपर्छ । त्यसमा केही नेताहरूका नाम पनि गाँसिदिनुपर्छ । आङै सिरिङ्ग हुने शीर्षक राख्नुपर्छ ता कि भित्री समाचार हेर्दैन हेरी पाठकहरूले लाइक, शेयर र प्रतिक्रियाको ओइरो लगाउन् । यसरी तयार गरेको समाचार, भिडिओ दनादन युट्युबमा अपलोड गरेर भकाभक डलर कमाउन सकिन्छ भन्ने प्रशस्त उदाहरण हामीले बजारमा देखिसकेका छौ । अतः ओछ्यानमा सुतीसुती मानिसका मथिङ्गल हल्लाउन सक्ने, शौचालयको कमोडमा बसीबसी मुलुकमा उथलपुथल ल्याउन सक्ने, नाफाको ग्यारेन्टी भएको पत्रुकारिता व्यवसाय छाडेर अन्त किन मन बराल्नु ! कि कसो ?

०००
कीर्तिपुर, काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Rehit Saiju
Rehit Saiju
1 year ago

निकै सुन्दर व्यङ्ग्य

Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
1
0
Would love your thoughts, please comment.x
()
x