साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उठ

भारी त्यो मनकोसँगै तुइनमा तर्नेहरू हो उठ तर्दा बोझसँगै कतै जलधिमा झर्नेहरू हो उठ बारी छैन बसेर त्यो बगरमा खन्नेहरू हो उठ पाऊँ गाँस र बास नित्य कपडा भन्नेहरू हो उठ ॥

Nepal Telecom ad

मेघराज पौड्याल :

खुर्पा नित्य भिरेर जीर्ण पटुका कस्नेहरू हो उठ
छाप्रो एक बनाइ गाउँ नजिकै बस्नेहरू हो उठ
रोडा मात्र पिटेर त्यो सडक मै ठोक्नेहरू हो उठ
आधारात सुतेर बोझ मनको बोक्नेहरू हो उठ ॥१॥

सुक्खा नित्य मकै भुटेर दिनमा टोक्नेहरू हो उठ
खोचोमा धमिलो उघाइ जल त्यो धोक्नेहरू हो उठ
शिक्षा आर्जन गर्न खातिर निशा घोक्नेहरू हो उठ
बेल्चाबाट खनेर त्यो जलधि नै रोक्नेहरू हो उठ ॥२॥

गिट्ठो भ्याकुर मात्र नित्य घरमा खानेहरू हो उठ
बेठी तिर्न अझै ठुला महलमा जानेहरू हो उठ
साँप्रो वैभवमा सिसार कदली लानेहरू हो उठ
चर्को ब्याज तिरेर ती पर कतै जानेहरू हो उठ ॥३॥

अर्काको धरती लिएर कुतमा खेती गरेका उठ
सामन्ती कुलको अनन्त भयले बस्ती सरेका उठ
आफ्नो आर्जनबाट धान्न नसकी नाङ्गै परेका उठ
खोलाको पुल खर्च तिर्न नहुँदा पौडी तरेका उठ ॥४॥

तातो रापसँगै फलाम सजिलै गाल्नेहरू हो उठ
काँसो रत्न पिटेर नित्य घनले ढाल्नेहरू हो उठ
फाटेका कपडा तुनेर सबका टाल्नेहरू हो उठ
जो शौचालय भित्रको मल सधैँ फाल्नेहरू हो उठ॥५॥

मत्ता बैँस लगेर जो जलधिमा फाल्नेहरू हो उठ
ढुङ्गो नित्य कुटेर त्यो बगरमा चाल्नेहरू हो उठ
ज्यामी काम गरेर सन्तति सधैँ पाल्नेहरू हो उठ
बस्तीका विचमा निरन्तर टुकी बाल्नेहरू हो उठ ॥६॥

भारी त्यो मनकोसँगै तुइनमा तर्नेहरू हो उठ
तर्दा बोझसँगै कतै जलधिमा झर्नेहरू हो उठ
बारी छैन बसेर त्यो बगरमा खन्नेहरू हो उठ
पाऊँ गाँस र बास नित्य कपडा भन्नेहरू हो उठ ॥७॥

०००
कन्चनरुप ७ आदर्शटोल, सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लिम्पियाधुरा

लिम्पियाधुरा

मेघराज पाैड्याल
वृद्ध जीवन

वृद्ध जीवन

मेघराज पाैड्याल
वृद्धता

वृद्धता

मेघराज पाैड्याल
वृद्धावस्था

वृद्धावस्था

मेघराज पाैड्याल
यै बाँसको भुर्कुने

यै बाँसको भुर्कुने

मेघराज पाैड्याल
मद पुराण

मद पुराण

मेघराज पाैड्याल
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x