साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेला

"गुहार "- भुर्की चिच्याउँदै आई उस्को काननै च्यातिएको थियो। सायद् चोरले कानबाली खोस्दा लागेको चोट होला।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“के भयो दिदी ?”- गाउँकी ज्याङ्सरी एकलै बसेर रोएको देखेर मैतेलाई दया जाग्यो र सोध्यो।
“के भनौँ भाई मेरो त गरह नै लागेको रहिछ किन यो मेलामा आएँछु।”- ज्याङ्सरीले आफ्नो आँसु पुछ्दै भनिन्।
“के भयो र ” दिदी त्यस्तो ?” सटिकमा फेरि सोध्यो।

“के भनौँ ? मलाई त यो मेला कत्ति रमाइलो लागेन । जता पनि भाङ धतुरामा सबै मस्त देखिन्छन्। हामी केही साथीहरू मध्य पनि मदिराको मातमा धुत्त् छन्। एकतिर नाङ्गै हिंड्नेहरूलाई पनि लाजै लाग्दैन।”- ज्याङ्सरीले आफूलाई लागेको कुरा भनिन्।

तर पनि मैतेलाई उसले केही लुकाएको जस्तो लाग्यो। उस्ले फाटेका आफ्ना लुगा लुकाउँने प्रयत्न गर्दैथिई।
“अनि अरू सँगसाथी कता गए त दिदी ? “- मैतेले सोध्यो। खै भाइ कसैको अत्तोपत्तो छैन ।”- ज्याङ्सरीले अनभिज्ञता जताई।

“दिदी – दिदी ! मेरो सिक्री लिएर भाग्यो चोरले !”- सावित्री पनि चिच्याउँदै आई।

“कसले लग्यो ? “- मैतेले सोध्यो। “खै भाइ को हो को ? लामो दारी पालेको थियो देख्दा जोगी जस्तै तर कुनै असमाजिक तत्वनै हुनुपर्छ ।”-सावित्रीले भावुक हुँदै भनि।
“गुहार “- भुर्की चिच्याउँदै आई उस्को काननै च्यातिएको थियो। सायद् चोरले कानबाली खोस्दा लागेको चोट होला।

मेलामा आएका धेरैजसोको यस्तै हो हल्ला थियो। कसैका जेब काटिए, कसैका गहना हराएका थिए।

“अब जाउँ जे भयो ठिक भएन तर पनि हामीले केनै गर्न सक्छौँ। यस्तो मेला हेर्न आउँनेहरू कम्तिमा सुनका गहना नलगाएको भए पनि हुँने थियो ।” मैतेले उनीहरूलाई भन्यो।

“अब यो मेलामा कहिल्लै आउँदैन म पनि ।”- आफ्ना दुबै कान छाम्दै ज्याङ्सरीले भनी।
“मेरो त के के हरायो ? मनैमा छ कसैलाई भने पनि साध्य छैन।”- भन्दै ज्याङ्सरी घरतिर लागी।

०००
घोराही ८, दाङ
१५-११-२०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x