साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाङदेखि रुइनिबाङसम्म

ज्ञान, चेतना, संस्कार अनि आदर्शका बारेमा लेखहरू लेख्ने यो लेखकलाई पिच्च पिच्च थुकिरहने डाइबरको पछाडिको दिटमा करिब साढे चार घन्टा बिताउँदा कस्तो भयो होला ?

Nepal Telecom ad

अमर अधिकारी :

 बैशाख २५ गते २०८२, बिहान सबेरै उठेर नित्यकर्म सकेर झोली कसेर दाङको घोराहीस्थित पनौराबाट टेम्पो (स्थानीय बोलिचालीमा- अटो) चढेर भानुचोकमा गएँ । हुन त यस लेखमा भानुचोकको पश्चिममा रहेको ‘तुल्सीपुर चोक’ उल्लेख गर्नुपर्ने थियो। तर मलाई घोराहीमा ‘तुल्सीपुरचोक’ नाम राखेको पटक्कै मन परेको छैन । घोराहीमा अरु नै चोक भनेर नामाकरण गरेको भए हुन्थ्यो। ‘तुल्सीपुरचोक’ नै किन ? भानुचोकनिरबाट उत्तरतिर कुद्ने सार्वजनिक यातायातको रुपमा रहेका माइक्रोबस र जीपहरूमध्ये मैले रोल्पा जाने जीप नै पकडेँ। झ्यालतिर सिट परेकोले फोटो र भिडियो खिच्न पाइन भो भनेर मख्ख परेको थिएँ, झ्यालको सिसा जाम भएर खोल्न र लगाउन नमिल्ने भएसि छक्क परेँ। ट्राफिकचोक आउनै लाग्दा डाइबरले हतपत्त सिटबेल्टमा आफ्नो ज्यान घुसारे अनि दसरी मुसारे। चोक कटेसि बेल्ट फुकाले, गोजीबाट गुट्खाको पाकेट निकाले। गुट्खाको फाँको मारेसि गाडीको ढोका बाहिर छिनछिनमा थुक्ने काम शुरु भयो।

जीपले गति लिए पनि ट्राफिकचोकमा घ्याँच्च रोक्यो र पेसेन्जर हुल्यो, भैँसाही रोक्यो पेसेन्जर कोच्यो र तुफानी साथ भालुबाङतर्फ लाग्यो। कुइरेपानी-मसोट हुँदै लमही पुगेर गाडीले महेन्द्र राजमार्ग स्पर्श गरेपछि गाडी झन हुइँकियो। गाडीभित्र बजेको चर्को स्वरको गीत सहन नसकी एक महिलाले बर्कोले टाउकै ढाकिन्। चर्को आवाज बर्कोले के छेक्थ्यो। डाइबरले मोबाइलमा कुरा गर्दा आवाज कम गर्ने पेसेन्जरलले मोबाइलमा कुरा गर्दा आवाज सानो नपार्ने चालकको बानी पनि गजबकै लाग्यो। साडी लगाएकी यात्रु पनि गाडीमा थिइन्। डाइबरले सूर्ती चपाउँदै फुर्ति निकाल्दै गाडीको स्टेरिङ छोडेनन्। घरिघरि पिच्च पिच्च थुक्ने डाइबरको पछाडिको सिटमा थिएँ म। मलाई दिक्क लागिरहेको थियो।

ज्ञान, चेतना, संस्कार अनि आदर्शका बारेमा लेखहरू लेख्ने यो लेखकलाई पिच्च पिच्च थुकिरहने डाइबरको पछाडिको दिटमा करिब साढे चार घन्टा बिताउँदा कस्तो भयो होला ? “ए भाइ ! त्यसरी जथाभावी थुकिरहनुहुँदैन ! थाइराइडको समस्या आउला र लाखौं खर्चिनुपर्ला !” भनेर सम्झाउँ भने उल्टै मुख छोड्ने हुन् कि भन्ने डर लाग्यो। अर्ति-उपदेश दिने जमाना छैन। लमहीको पर्यटकीय स्थल जखेराताल जाने संकेत पाटी देखियो, लमही रंगशालापछि भालुबाङ २४ किमि लेखेको मुड्को देखियो। नर्तिपछि लमही नगरपालिकाको सीमा समाप्त हुँदोरहेछ। नर्ति नामको ठाम आउँदा ससुराले समाजसेवा गरे बापत सर्खारले २०२६ सालमा प्रदान गरेको ४ बिघा जमिन अतिक्रमणमा परेको सुनेको कुरा सम्झेँ। वेवारिसे जमिनमाई अमिनले के छोड्थे ? क-कसको आँखा लाग्यो क-कसको त्यो जमिनमा ? सिसहनियापछि पिपरी हुँदै गाडीले तुफानी बेग पकडियो।

पिपरीमा भालुबाङ २० किमि लेखेको देखियो मुड्कोमा। सडक खालडाखुल्डी नामको रोगले ग्रस्त थियो। छिनमै उफार्ने र छिनमै थचार्ने गरिरहेको थियो गाडीले। लुम्बिनी प्रदेशसभा हुँदै मौरीघाट कटेर गोपिखोला पुल तरेपछि लालमटियाको फियरीखोला पुग्यौँ। भालुबाङ आएपछि गाडी पाँच मिनेट भनिए पनि पन्ध्र मिनेट रोकियो। त्यसपछि लुरेखोला दोभान हुँदै ददेरी पुग्दा गाडीले अलि सुस्त गति लियो। गनाहाखोला कटेसि दाङको सीमा सकिएर प्यूठान जिल्लाको सीमा प्रारम्भ भयो। साथै सो जिल्लाको सरुमारानी गाउँपालिका पनि शुरु भयो।

दरभान बजार पार हुँदै गर्दा बड्डाँडा २० किमि लेखेको मुड्को देखियो। बड्डाँडाबाट प्यूठानको खलंगाको दूरी ४२ किमि रहेको जानकारी पनि भयो। बड्डाँडाबाट ओरालो लागेपछि कुँडुले-खहरेखोला-डुम्रेखोला हुँदै मोतिपुर आइपुग्दा एउटा गाडी बिग्रेको अवस्थामा थियो भने यात्रुहरू अलपत्र देखिन्थे। कुनैकुनै यात्रुको निधारमा साइतका राता टीका पनि देखिन्थे। साइतको टीकाले के काम गर्थ्यो होला र थोत्रा गाडीको यात्रामा ? हामी चढेको गाडीका डाइबरले छ सय पटकभन्दा बढी थुकेहोलान् करिब डेढलिटर थुक। २०४० सालमा जुनी फिलिममा कलाकार शान्ति मास्केले भनेको उखाने डाइलग सम्झिएँ- “कपडामा रद्दी फाइबर मान्छेमा रद्दी डाइबर !” डाइबर पनि के कम थिए र ? बाटो छेउँ हिंड्दै गरेका हरेक चेलीमाथि नजर लगाइरहन्थे, रातो बस्त्र देख्नै नहुने ! ठाउँठाउँमा ‘स्टप’ लेखेको देखिन्थ्यो पुलिस बिट छेउँमा। कताकतै भने पुलिस देखिदैनथे।

थकलेनी कटेसी देवीस्थान ६ किमि लेखिएको सांकेतिक मुड्को देखियो बाटा छेउँमा। माण्डवी गाउँपालिका त्यहिँबाटै शुरु हुन्छ। बाटोमा देखिने छहरा-झरना-खोलानालाले काठमाडौंको पानीको हाहाकारलाई बिर्साइदियो। दस बजे गाडी जसपुर पुगेपछि खाना खाने उर्दी जारी भयो। वारि जसपुर र पारी चकचके। ठाउँकै नाम चकचके भए पनि मान्छे चाहिँ चकचके भए जस्तो लागेन। प्यूठानको खलंगा जाँदा चकचके पुल तर्नैपर्छ। उत्तरतिर रोल्पाको लिबाङ पर्दछ। सिस्नेपानी-लामाचौर-जुडापाटा-नयाँगाउँ हुँदै गोठीबाङ पुगेपछि लिबाङ ५३ किमि लेखेको देखियो।

कागपातीखोलापछि बाझीपुर कटेपछि जिमुरपाटा र त्यसपछि भिंग्रीबजार आइयो। त्यहीँबाट स्वर्गद्वारी जाने बाटो छुटिन्छ। भिंग्रीको सोंड भएर सयमुरे जाने बाटो सडक खण्डको चिराबारीमा सडक मर्मत हुँदै गरेकोले वकल्पिक बाटो अपनाए चालकले। धनबाङखोला-बाटुले-किमिचौर हुँदै दोमई पुगेपछि प्यूठान जिल्लाको साथै स्वर्गद्वारी नगरपालिकाको समेत सीमा समाप्त भयो। माडीको पुल तरेर पारी गएपछि मेरो जन्मथलो रोल्पाको खुंग्री शुरु भयो। भिंग्रीबाट खुंग्रीको दूरी सात किमि हो। धार्मिकस्थल चतुरभुजको उकालो कटेसि ४९ औं शक्तिपीठले चिनिने त्रिपुरासुन्दरी देवीको छेउमा महायज्ञ चलिरहेको थियो रंगीचंगी सजावटका साथमा।

हामी सुलिचौर पुगेर खाना खाने योजना बनाएका थियौँ। मेरो जन्मस्थान खुंग्रीको घरमा कोही पनि नभएर तालाबन्दीका कारण हामी लाग्यौँ धारापानीको पँधेरा-एक्लेपिपल-पाबाङ-शेरा-गोधुङ- डोँर-देउखुरीखोला-छिर्ने अनि लम्फाखोला-काँधधारा पुगेर गाडीबाट ओर्लियौँ। सुलिचौर बजारमा रहेको बहिनीको घरमा पुगेर खाना खायौँ। एकछिनको आरामपछि सुलिचौर बजार पारी रुइनीबाङ पुगियो। यसरी दाङदेखि रुइनिबाङसम्मको साढे चारघन्टे हाम्रो यात्रा समाप्त भयो।

०००

खुंग्री, रोल्पा।

(यो लेख दुई घन्टाको अवधिमा मोबाइलमै कोरिएको हो।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x