साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेसबुके महाभारत

तानातान टुपी कपाल र लुगा जुत्ता भए फायर । चर्क्यो कृष्णविना महासमरको अर्को महाभारत ।। दूधै उम्लन गो डढ्यो तिहुन नै, भातै बन्यो कक्कड । कत्रो काण्ड रचेर फेसबुकले चर्कै दियो ठक्कर ।।

Nepal Telecom ad

सौता नै ‘मुख-पुस्तिका’ हुन गयो, स्वामी बने फन्टुस-
भन्दैछिन्, घरकी सखी पितरिई कस्ता परेछन् भुस ??
ठ्याक्कै अम्बलझैँ त फेसबुक भो, छाडौँ म लौ के गरी ??
छोडैपत्र दिने निधो गरिसकिन्, बित्यास भो हे हरि ।।

न्याश्रो लाग्दछ छिन्छिनै नव-बधू- झैँ पो बनिन् पुस्तिका ।
रङ्गी चित्र र काव्य गीत जति छन्, हेर्नै म मान्छू मजा ।।
कमेन्ट लाइक च्याट चिर्बिर गरी, बेफुर्सदी पो बनेँ ।
जे-जे काम थिए भुलेर पटमै, खोक्रो दिवाना रहेँ ।।

तर्कारी फलफूल दूध कहिल्यै, किन्ने तिमी होइन ।
भान्सामा सकिए कि क्यै चिज भनी, सोध्ने कबै होइन ।।
झुन्डिन्छौ कति फेसको बुक बुढो, गाली चल्यो भुन्भुन ।
सौताझैँ मुख-पुस्तिका बनिदियो, भन्दै गरिन् गुन्गुन ।।

तानातान टुपी कपाल र लुगा जुत्ता भए फायर ।
चर्क्यो कृष्णविना महासमरको अर्को महाभारत ।।
दूधै उम्लन गो डढ्यो तिहुन नै, भातै बन्यो कक्कड ।
कत्रो काण्ड रचेर फेसबुकले चर्कै दियो ठक्कर ।।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x