साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुलेको जवानी

चाँदीको बिँड भाको लौरो बुढालाई मखमलको तातो दौरो बुढालाई ए बा ! त्यही भएर मलाई पनि बुढो हुन मन लाग्यो ।

Nepal Telecom ad

एक बेलुका
मेरा बालाई ओछ्यानमा सुताएर
मेरो छोरो मनिर आयो र उत्साहित हुँदे भन्यो
ए बा !
मैले भनेँ- के बा ?
उसले भन्यो- मलाई पनि बुढो हुन मन लाग्यो बा !
छक्क पर्दै मैले सोधेँ- किन बा !

उसले भन्यो- लौ हेर्नोस् त
सबैको माया बुढालाई
सबैको श्रद्धा बुढालाई
मान बुढालाई, सम्मान बुढालाई
मिठो मसिनो खानपान बुढालाई
सिरक बाक्लो बुढालाई, डसना चाक्लो बुढालाई
पेन्सनपट्टा बुढालाई, मिश्रीको बट्टा बुढालाई
कपाल फुलेकै भरमा वरिष्ठ नाम बुढालाई
कामै नगरी सरकारी दाम बुढालाई
जहाँ पनि अगिल्लो स्थान बुढालाई
चैतमा पनि तातोपानीको स्नान बुढालाई
खिर बुढालाई गुँद बुढालाई
बाक्लो तर भएको दूध बुढालाई,
चाँदीको बिँड भाको लौरो बुढालाई
मखमलको तातो दौरो बुढालाई
ए बा ! त्यही भएर मलाई पनि बुढो हुन मन लाग्यो ।

आहा, ढकमक्क फुलेको टाउको लिएर बाहिर निस्कँदा
यसले पनि ‘नमस्ते’ गर्थ्याे होला
उसले पनि ‘दर्शन्’ भन्थ्यो होला
‘हजुरबा सञ्चै ?’- सोध्थे होलान् छिमेकीहरूले
‘खाना खानुभयो हजुरबा ?’- भन्थे होलान् युवकहरूले
‘बुवा यता बस्नोस् न’
-बसमा सिट छाड्थे होलान् युवतीहरूले
‘कस्तो दुब्लाउनुभएको ठूलोबा’
-मुसार्थे होला भतिजाभतिजीले
‘ल हेर खोकेको !’- मह चटाउँथी होला बुहारीले
‘अमेरिका घुम्न कहिले आउने बुबा ?’
छोरीको फोन आउँथ्यो होला
‘पहिला जापान आइस्यो’ छोराले ढिप्पी गर्थ्याे होला
बुढीले पनि शङ्का गर्दिनथी होली
खाइन्थ्यो होला हलुवा, जूस र स्याउ
के छोइन्थ्यो र नाथे दाल भात झ्याऊ ।

‘धत् उल्लू, चुप लाग्’
मैले हप्काएर छोरालाई सपनाबाट व्यूँझाएँ
र उसको मुख थुनेर सम्झाएँ
तैँले सुनेको छैनस् ?
जब पुग्यो पचास्-पेटमा बतास्
जब पुग्यो साठी- हातमा लाठी
जब पुग्यो सत्तरी-हिँड्दाखेरि लत्तरी
जब पुग्यो असी- कुनामा बसी
जब पुग्यो नब्बे ……।

‘भो भो भो गफ नदिउँ’
उसले बिचैमा हस्तक्षेप गर्‍यो
र आत्माविश्वासका साथ भन्यो-

‘चालिस किलोको अक्सिजनको सिलिण्डर नाकले घिसार्दै
शेरबहादुर, रामचन्द्र र सुशिल बाहरूलाई पछार्दै
माधव, झलनाथ र प्रचण्ड अङ्कलहरूलाई लतार्दै
पचासी वर्षका गिरिजा हजुरबाले
यत्रो सिङ्गै देश हाँकिरहेको
मेरो आँखाले झलझली देखिरहेका छन्
तपाइँले भन्दैमा म पत्याउँछु ?
ए बा ! मलाई पनि गिरिजा हजुरबाको जस्तै
ढकमक्क फुलेको जवानी मन पर्‍यो
लौ न बा, मलाई छिट्टै बुढो हुन मन लाग्यो ।’

सिनामङ्गल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x