साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिसाइल

ओ शासक ! हिजो त तिमी हामीजस्तै सर्वहारा पो थियौ त आज शहरमा आकाशै छेड्ने घर बनाउन कसले पैसा दियो तिमीलाई ?

Nepal Telecom ad

हाम्रो रगत बगेर
उज्यालो जन्मिएको चोकचोकमा
नरिवल र स्याउका डल्ला राख्ने
सपना थिएन हाम्रो,
कोबी र टमाटरको शालिक बनाउने
व्यवस्था ल्याएका थिएनौँ हामीले ।

ए शासक हो !
हाम्रा स-साना सपनाहरू किचिमिची पारेर
जुँगामा ताउ लगाउने अधिकार
कसले दियो तिमीलाई ?
हामी त हिजो पनि मरेजस्तै थियौँ
आज पनि मरेजस्तै छौँ,
कोही गोलीको छर्रा बोकेर
अर्धमृत बाँचिरहेछौँ
कोही विरहको छर्रा
खिल गाडिएर बाँचिरहेछौँ,
तिमीले सपना देखाएको घाम
हाम्रो झुप्रोमा झर्नुअघि नै
डोजर लगाएका छौ मानवतामाथि
तिमीले रिबन काटेर
उदघाटन गरेको अस्पतालले
हाम्रो संवेदनालाई काटेको काट्यै
मुर्छित  बनाएको छ,
तिमीले शिलान्यास गरेको
स्वप्निल पूलकै छेउमा
बर्षौंदेखि जीर्ण भएर झुण्डिएको तुइनबाट झरेर
पटक पटक मरिरहेछन्
हाम्रा स्कुले नानीहरू;
ओ शासक !
हिजो त तिमी
हामीजस्तै सर्वहारा पो थियौ त
आज शहरमा
आकाशै छेड्ने घर बनाउन
कसले पैसा दियो तिमीलाई ?
हाम्रो पसिनाले बनाएको
गाउँ गाउँको सिंहदरबारमा
स्यालहरू शासन गरिरहेछन् यतिबेला
स्यालहरू जो स्वभावैले मान्छे होइनन्
स्यालहरू;
खोलाको बालुवा खान्छन्
ढुङ्गा र गिटी खान्छन्
अलकत्रा खान्छन्
जङ्गल खान्छन्
मृतहरूको भत्ता खान्छन्
रातो बाकसमा फर्किएका
तन्नेरीहरूको सपना खान्छन्
उनीहरू सजिलैसँग भगवान पनि खान्छन् ।

ओ शासक !
ओ निरो !
नाबालिक बच्चीलाई
गिद्दले जस्तै लुछेर
काँडेझ्याँगमा कसले हुत्यायो ?
भोको पेटमा पटुकी कसेर
नुनपानी खाँदै बाँचेका थियौँ हामी,
ढिकीजाँतोसँग मितेरी लगाएर
आफ्नै दुःखको गीत गाउँदै थियौँ हामी,
जिन्दगी कहिले बिहानजस्तो लाग्थ्यो
कहिले गोधुलीजस्तो लाग्थ्यो,
एक अर्काको आँखाको ऐनामा
एक अर्कालाई हेरेर
मुस्कुराउन खोज्थ्यौँ हामी,
अँध्यारोलाई छाम्दै छाम्दै
उज्यालो खोज्दै हिँडेका हौँ हामी,
हाम्रो आँखामा आँसु र
मुटुमा भक्कानो उपहार दिएर
शहीदको चितामाथि भ्यु टावर उभ्याएछौ
घाइतेहरू पुग्नै नसक्ने त्यो टावरबाट
सपनाको सिंगापुर खोज्छौ होला
सपनाको समाजवाद खोज्छौ होला
सपनाको स्वर्ग खोज्छौ होला, खोज,
बिन्ती छ,
हाम्रा सुस्केराहरू कहिल्यै नखोज्नू ।

तर होशियार !
ओ शासक !
यतिबेला हामी यो अँध्यारो गाउँमा उज्यालो ल्याउन
झिंजा बटुलेर आगो सल्काउँदैछौँ,
तिमीहरूलाई नै लक्षित गर्न सक्ने
शक्तिशाली मिसाइल बनाउँदैछौँ ।

मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुर्सी, पैसा र रात

कुर्सी, पैसा र रात

भरत गुरागाइँ बर्बरिक
राई माइला

राई माइला

भरत गुरागाइँ बर्बरिक
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
तस्विर

तस्विर

भरत गुरागाइँ बर्बरिक
स्वयम्भूका आँखा

स्वयम्भूका आँखा

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x