साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज रमिता छ

माइक्रोफोनबाट उतर्सिएको आवाजको व्यापार गरेर नेता बनेकाहरूको पछि लागेर पक्ष प्रतिपक्षको नौटङ्गी खेलमा ब्यस्त छन् सडकहरू टिकट काटिंदैछ दुनियाँ ढाँटिंदैछ आउनुहोस् आउनुहोस् बनारसको पेडा खाएर पछुताउँनुहोस् ।

Nepal Telecom ad

गुञ्जिँदैन लहरा र पहराको गीत
सुनिंदैन छाँगा छहराको गीत
मञ्च नै भत्काउँला झैं
बुकुर्सिन्छन गिताङ्गेहरू तर बुझिंदैन कुनै गीतका गेडाहरू
पहाडले पनि बिर्सिसक्यो क्यारे !
गुराँससँगको प्रित ।

घुँडा च्यातेर धोक्रे सुरुवालबाट
झुत्रो भएर आधुनिकता निस्केको छ
अर्धनग्न सभ्यता ब्यहोरेर
बाह्याकर्षणको अधमरो थ्योरीमा युग बाँचेको छ
केवल अरुकै निम्ति जीवन आदर्शको खोल बेचेर
नाङ्गो व्यापारी भएको छ मान्छे
लेखिंदैनन् गाउँबेंसीका गीत
देखिंदैनन् तामे ढुकुरका प्रित
अरुकै क्यारिकेचरमा शहर पसेको छ वर्तमान
कोहि लाउँदैन
लालुपातेसँग मित ।

छ्याके सडकहरू
धुलाम्ये सिरक ओढेर हिउँद भरी सुत्छन्
असार पन्ध्रको मन्त्री भएर
रोपारसँग जिस्किन खेत बनेको अभिनय कोरलेर
लछ्रप्पै लमतन्न पसारिन्छ सडक
पल्लाघरको बारको ठुटामा चढेर
बास्दैनन् कुखुराका भालेहरू
बकैनाको रुखमाथि चढेर कुर्लिंदैनन् ढुकुरहरू
समय पनि कतै पोइल गयो क्यारे !
निरस लाग्छन् पहाडमाथिका सेता बादल थुङ्गाहरू ।

लाज पनि छोटोछोटो हुँदैगएको वर्तमान छ
डेक्चीको भातले भोक बिर्सिसक्यो क्यारे
पँधेरामा भेला हुँदैनन् वल्लापल्लाघरका चुराहरू
मन माझिने कुराहरू
पैसा निल्ने ऐना बोकेर कुनामा गुँडुल्किएको छ मान्छे
सहोदरलाई छिर्के हान्ने राष्ट्रवादको थैलो बोकेर
मूर्दावादमा उत्रिएको भविष्यको आंैंलो समाएर
मोर्निङवाकमा निस्किएका छन्
सोकल बुद्धिजीविहरू ।

हिउँदभरि साँदनको मुढामा घाम तापेको छेपारो झैं
असार लागेपछि
विकाशको फरुवा बोकेर
बाटो हिल्याउँदैछ नगरपालिका
भासिएको एम्बुलेन्सको पैयाँबाट उछिट्टिएको हिलोले
ज्वराक्रान्त छन् आशा र भरोसाहरू
अनुगमनको अफिसमा
कमिसनको जागिर खान्छन्
भोटको लोकसेवा पास गरेका जनसेवकहरू
देखावटी तुलो नापेर
अप्रत्यक्ष कुलो सोझ्याउँदैछन् ।

बुढी आमा नाक देखिने मुखौरो लगाएर
लौरो टेक्दै सभ्यताको दलान निस्केर
थाहै नपाइ हराएको बैंस
कुप्रो परेर खोज्दैछिन्
जहिले पनि असार मात्रै आउँछ
सार कहिल्यै आएन
बरु बेसारको हल्लामा
उम्लिएको तातोपानी भए उरन्ठेउलाहरू
तर भनेजस्तो सुख कहिल्यै आएन ।

आज रमिता छ यस्तै रमिता छ
सर्कसका जोकरहरू
ब्यासासनमा चढेका छन्
चाकाचुकु चुकुचाका रुपी
आदर्शको पुराण फलाकेर
गणेश (गोबर गणेश ?) तिर
(पुराणमा गणेश राखिन्छ)
मोलमोलाइको आँखा मर्काउँदैछन्
माइक्रोफोनबाट उतर्सिएको आवाजको व्यापार गरेर
नेता बनेकाहरूको पछि लागेर
पक्ष प्रतिपक्षको नौटङ्गी खेलमा ब्यस्त छन् सडकहरू
टिकट काटिंदैछ
दुनियाँ ढाँटिंदैछ
आउनुहोस् आउनुहोस्
बनारसको पेडा खाएर पछुताउँनुहोस्
बनारसको पेडा नखाएर पछुताउँनुहोस ।

मेला छ
भित्रभित्रै झमेला छ
शहरबाट ओर्लिएका दुई कौडीका तमासेहरूबाट
पाखा भित्ताका
पिपिरीवादकहरू अपमानित हुँदैछन्
शहरिया प्लाष्टिकका फूलहरू
कान्लाका पुष्प थुङ्गाहरूलाई निमोठ्दैछन्
(कंक्रिटको जङ्गलमा मात्रै कवि बनिन्छ क्यारे)
बेतमास हल्ला मच्चिएको छ
भग्न कपडाको दिवालभित्र
स्वार्थको पुरी पाकिरहेको छ
फाटा कपडाको व्यापारमा
नाफा हिसाबकिताबको राजनीति छ ।

विश्वविख्यात सगरमाथाको फेदीतिर
कतै पहाडको अन्तरकुन्तरमा
भाका हालेर एउटा नेपाली गाइरहेछ
“यो देशको माटोलाई पराया गन्ध स्वाउँदैन
मादल डम्फु च्याब्रुङले विदेशी गीत गाउँदैन
राजनीति गर्न पाउँदैनौ है
शयपत्रीको हार लुछेर ।”

तर
पराई आँखाहरू
क्यामरा यतै सोझ्याएर बोल्दैछन्
उ त्यहाँ आज रमिता छ ।
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x