साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झुटको कुटुरो

पहिले युद्ध लड्दा लड्दै नालापानी छाम्यो, अहिले राष्ट्रियता भन्दै कालापानी काम्यो । गण्डकी र कोशी बेचे बेचे महाकाली, एमसीसी र नागरिकता खोज्दैछ रे ताली ।

Nepal Telecom ad

सक्छौ ? नेपाल भारतमा मिसाइदेऊ !
नत्र मन्द बिष थैली मिल्काइदेऊ !

सार्वभौम नेपालको कार्यकारी बन्छन् ।
भारतैले टाँसिदे’को जुँगा दारी भन्छन् ।
दलित, महिला, जनजाति, मधेशीका कुरा,
कुर्सी पाउँदा बिर्सि हाल्छन् गाउँबेशीका कुरा।

सक्छौ ? नेपाल भारतमै मिसाइदेऊ,
नत्र ढाँट्को यो भारी बिसाइदेऊ ।

पहिले युद्ध लड्दा लड्दै नालापानी छाम्यो,
अहिले राष्ट्रियता भन्दै कालापानी काम्यो ।
गण्डकी र कोशी बेचे बेचे महाकाली,
एमसीसी र नागरिकता खोज्दैछ रे ताली ।

सक्छौ ? नेपाल भारतमै मिसाइदेऊ,
नत्र लेण्डुप यो भारी बिसाइदेऊ ।

भन्सार तेब्बर तिर्नुपर्छ महंगीको मारमा,
’विषादी खाई मर ! ’भन्छौ कहिले चढ्नु कारमा ?
उत्पादनको चिन्ता छैन, बाँझो कतिकति ?
जनता खाडी जान्छन् केलाई बन्छौ राष्ट्रपति ?

सक्छौ ? नेपाल भारतमै मिसाइदेऊ,
नत्र झुठको कुटुरो बिसाइदेऊ ।

०००
खाँदबारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x