साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाँडो मात्र नयाँ

धारा बन्द भए कुला नहर यी सुख्खा भएका किन ? झोला थाप्न सधैं अरू मुलुकमा जोगी गएका किन ? रातो घाम छँदै निशाचरहरू घुम्छ्न् सबै ठाउँमा साँच्चै शान्ति उदाउला सहर यी भोका चुला गाउँमा ?

Nepal Telecom ad

भाँडो मात्र नयाँ छ झोल सब त्यै बासी पुरानो ढुसी
मुठ्ठी मानिस मस्त छन् हरघडी खान्छ्न् जुकाझैँ चुसी
खोक्रो देश भयो विकास किन हो अल्झ्यो कुनै ठाउँमा
कोदो फापर तेल नून मसला छैनन् कुनै गाउँमा

जान्छ्न् बाहिर ती युवा जनहरू स्वप्ना सुनौला लिई
रित्तो हात रुँदै बडो विरहले फिर्छन् कलेजो सिई
आफ्नै देश विदेश बन्दछ भने को हाँस्छ माटो छुँदै
बग्छ्न् वेग नदी चरा गगनमा उड्छ्न् कराई रुँदै ।

भोकै बस्न सिपालु छन् जनहरू अभ्यास नौला दिए
नाङ्गा आङ निराश क्लान्त मनले ओछ्यानमा पल्टिए
मार्सी खान्छ कुनै यहीँ महलमा उग्राउँदै बस्दछ
सस्तैमा महँगी सबै घरघरै दैला पुगी बिक्दछ ।

सस्ता भाषण मूल्यहीन चटके चर्को छ विज्ञापन
खोला ताल नदी सबै किन यहाँ हुन्छ्न् बिरामी वन
उस्तै क्यान्सर फैलियो मुलुकमा जान्छ्न् कता डाक्टर
लाग्या छ्न् धमिरा जतै सलहझैँ ढल्ला कि हाम्रो घर ?

धारा बन्द भए कुला नहर यी सुख्खा भएका किन ?
झोला थाप्न सधैं अरू मुलुकमा जोगी गएका किन ?
रातो घाम छँदै निशाचरहरू घुम्छ्न् सबै ठाउँमा
साँच्चै शान्ति उदाउला सहर यी भोका चुला गाउँमा ?

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x