साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बल्ल पर्‍याे

भ्वाङ पर्न लागेको रहेछ मेरो इज्जत इज्जतको भ्वाङ बल्ल टालेँ यी पुराना संस्कारका जडाउरी उखेलेर पर फालेँ आफ्ना संस्कार बल्ल भड्खालामा हालेँ ।

Nepal Telecom ad

बर्सौँ लगाएर गरेको प्रयत्न
छोराले बल्ल सफल गर्‍यो
बल्लबल्ल यो बाजि
डिभी पर्‍यो
यसैले आजैदेखि मैले
जनै र धोती फुकालेँ
टाइ लाउन थालेँ
सही पाइलो बल्ल चालेँ ।

बत्ती बाल्थेँ अस्तिसम्म
फू फू गरेर मरी मरी
बल्ल बत्ती निभाउन थालेँ
लाजै मर्दो भएको थियो
अस्टचिरञ्जीजीको पूजा गरेर
बल्ल बल्ल दुनियाँका अघि
मुख देखाउन थालेँ ।

फूल चढाइन्थ्यो
पर्साद चढाइन्थ्यो
भजन गाउन थालिन्थ्यो
बत्ती बालिन्थ्यो
ईशको पूजा गर्न थालिन्थ्यो
बल्ला ह्याप्पी बड्डे लेखेको
केक काट्न थालेँ
केकको जुठो चाट्न थाले
बल्ल दुनियाँदारीतर्फको
यात्राका पाउ चालेँ ।

भ्वाङ पर्न लागेको रहेछ मेरो इज्जत
इज्जतको भ्वाङ बल्ल टालेँ
यी पुराना संस्कारका जडाउरी
उखेलेर पर फालेँ
आफ्ना संस्कार
बल्ल भड्खालामा हालेँ ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

नरनाथ लुइँटेल
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
0
Would love your thoughts, please comment.x
()
x