सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जालो

कार्यालयमा एउटा फाइल छैन जालो नभएको घरको छानोमा, रुखको पात-पातमा सिनेमा हलको झ्यालमा साँच्चै भन्ने हो भने, यतिखेर तपाइँले लगाएको टोपी र चश्मामा पनि माकुराको जालो देखेको छु ।

Nepal Telecom ad

तीर्थराज अधिकारी

हिजो आज मेरा आँखा
माकुराको जालोमा मात्र पर्न थालेका छन्
ध्यानै नदिँदा पनि त्यहीँ पुग्छन् यी आँखा
अनास्था गर्न खोज्छु तर सक्दिन ।

कतै मेरो मस्तिष्कमा माकुरै माकुरो त छैन ?
मेरो विचार जालोले बेरिए जस्तो छ
जालो बाहिरबाट सोच्न पनि सक्दिन
जालो हटाएर हेर्न पनि सक्दिन ।

हरेक पुस्तकमा पानै पिच्छे जालो
खेतको कुना-कुनामा जालो
प्रत्येक संवेदनशील विषयमा झन् जालो
हर कुरामा माकुरो जाल बुनिरहेछ ।

कार्यालयमा एउटा फाइल छैन जालो नभएको
घरको छानोमा, रुखको पात-पातमा
सिनेमा हलको झ्यालमा
साँच्चै भन्ने हो भने,
यतिखेर तपाइँले लगाएको टोपी र चश्मामा पनि
माकुराको जालो देखेको छु ।

०००
पोखरा- १०, हाल- संयुक्त राज्य अमेरिका ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दुई नेत्र तीन दृष्टि

दुई नेत्र तीन दृष्टि

तीर्थराज अधिकारी
पाँच टुक्रा कविता

पाँच टुक्रा कविता

तीर्थराज अधिकारी
यसरी फाल्न त पाइँदैन नि

यसरी फाल्न त पाइँदैन...

तीर्थराज अधिकारी
प्रेस्क्रिप्शन नबुझ्दा

प्रेस्क्रिप्शन नबुझ्दा

तीर्थराज अधिकारी
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल