साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाग के टाँस्नु पर्छ ?

यतै भ्वाङ पार्ने उतै भ्वाङ पार्ने स्वयं साँचिलो हो कि झैँ स्वाङ पार्ने बिझेका कथा सम्झिँदै आँसु झर्छ घरैभित्र छन् नाग के टाँस्नु पर्छ ??

Nepal Telecom ad

दिनेश पाण्डेय :

फुलाएर आँखा तरी झाँट पार्ने
छटाएर नानाथरी छाँट पार्ने
लुकाएर पीडा मरी बाँच्नु पर्छ
घरैभित्र छन् नाग के टाँस्नु पर्छ ??

बिसैलो छ बोली हियो च्वास्स पार्ने
हुँदा काममा पाइलो नै नसार्ने
व्यथा दर्द मुस्कानमा साट्नु पर्छ
घरैभित्र छन् नाग के टाँस्नु पर्छ ??

गिदी चाट्तछन् लप्लपाएर जिब्रो
डराई यसै लग्लगी काम्छ तिघ्रो
सयौँ दुःख चेपी खुसी बस्नु पर्छ
घरै छन् महानाग के टाँस्नु पर्छ ??

फणा फट् फिँजार्ने जटा झट् बजार्ने
मुखौडो तथा नाक चुम्रुक्क पार्ने
स्वयंभित्र सम्हालिँदै हाँस्नु पर्छ
घरै छन् महानाग के टाँस्नु पर्छ ??

बटारेर मुन्टो हुँकार्ने फुँकार्ने
मिले पाहुना नित्य चोसो पसार्ने
किटी दाँत यो जिन्दगी साँच्नु पर्छ
घरै छन् महानाग के टाँस्नु पर्छ ??

यतै भ्वाङ पार्ने उतै भ्वाङ पार्ने
स्वयं साँचिलो हो कि झैँ स्वाङ पार्ने
बिझेका कथा सम्झिँदै आँसु झर्छ
घरैभित्र छन् नाग के टाँस्नु पर्छ ??

(झाँट पार्ने = रिसले निधार खुम्च्याउनु)

०००
नागपञ्चमी २०८०
०८०/५/४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
कहाँ जिरा कहाँ नुन

कहाँ जिरा कहाँ नुन

दिनेश पाण्डेय
जलो चलो भलो हलो र फलो साथी

जलो चलो भलो हलो...

दिनेश पाण्डेय
टिकाकाे आशीर्वाद

टिकाकाे आशीर्वाद

दिनेश पाण्डेय
चाहिन्न भो ! मलाई

चाहिन्न भो ! मलाई

दिनेश पाण्डेय
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x