साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खन्चुवा – भाग ४

खन्चुवाहरु लुट्न पाउनु पर्‍यो, कुर्लेर भन्छन् अझै जाली भ्रष्ट र चन्डमुन्डहरुको, खाने छ धन्दा कतै कैले एम्.सी.सी.को बिरोध कहिले, गर्थे महाकालीको दो जिब्रेहरुका कुशासन कला, हुन्छन् महाजालको ॥

Nepal Telecom ad

छविलाल आचार्य :

कस्तो स्वर्ण रहेछ पित्तल हुने ? कैले हुने फल्फुल
सारा जिल्ल बने अनेक रुप यो, हेर्दै बसे टुल्टुल
कैले गल्दछ तौल घट्छ यसको, मोटो भएतापनी
खानेका सुर बेसुरे लवजमा, जे जे भनेता पनि ॥१

अन्तर्राष्ट्रिय तस्करेहरु छिरे, मिल्छन् मिलाए लय
खन्चुवाहरु छन् अझै उपरमा, आफ्नै छ न्यायालय
एकै छन् अपराध हत्कडी कतै, ढल्केर हिड्छन् कतै
आफ्नै दोष छिपाउने किसिमले, भिँड्छन् र पिट्छन् कतै ॥२

सम्झौता छ कतै बचाउ गरने, छन् भागवण्डा कतै
लुट्दै न्याय समानता अधमले, चाल्छन् वितण्डा हदै
व्यर्थैमा भ्रम झूट झेल बखडा, के के छरेछन् भनी
छर्कन्छन् जल सुद्ध लुट्न कसिने, आफ्नै परेछन् भनी ॥३

खन्चुवाहरु लुट्न पाउनु पर्‍यो, कुर्लेर भन्छन् अझै
जाली भ्रष्ट र चन्डमुन्डहरुको, खाने छ धन्दा कतै
कैले एम्.सी.सी.को बिरोध कहिले, गर्थे महाकालीको
दो जिब्रेहरुका कुशासन कला, हुन्छन् महाजालको ॥४

भोको पेट छ बाँच्न मुस्किल कतै, पाइन्न रे ! नुन् कतै
भेटिन्छन् अरबौ अरब् रकमको, बेवारीसे सुन् कतै
सिद्धान्तै पनि बिर्सिएका किन हो ? कैले कतै कुन् कतै
खन्चुवाहरु लुट्न सक्रिया हुने, गाए बज्यो धुन् कतै ॥५

कुर्सी मोह बढेर दिग्भ्रमित भै, देशै हराए पनि ।
बस्ती भित्र पसेर सैन्य अरुको, गर्जी कराए पनि ॥
आ-आफ्नै हठमा सदा अडिक भै, सम्बन्ध भड्काउने
मेरो देश नहोस् थलो समरको, क्षेप्यास्त्र पड्काउने ॥६

०००
पोखरा १६, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नववर्षको शुभकामना

नववर्षको शुभकामना

छविलाल आचार्य
होली

होली

छविलाल आचार्य
पर -जा -तन्त्र !

पर -जा -तन्त्र !

छविलाल आचार्य
गाँडतन्त्र

गाँडतन्त्र

छविलाल आचार्य
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x