साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार बदल्ने शिक्षक

हजार दिमागका लाखौं भेला लाखौं भेलाका करोडौं चेला सधैंका लागि अन्त्य होस् खेला शिक्षकको नाममा नदोहोरियोस् झमेला ....

Nepal Telecom ad

गोपाल काफ्ले :

“मेरो सर
मेरो भर
मेरो भविष्य
मेरो घर .. ”
‘गु’ हटाएर ‘रु’ छर्ने
मस्तिष्कमा विवेक भर्ने
समाजका लागि केही गर्ने
“गुरुलाई हेप्न नखोज
दपेट्न नखोज
खाँदाखाँदैको गाँस छोडाएर
लखेट्न नखोज .. ”

तिमी साक्षर भए तिनै गुरु हुन् कारण
तिमी निरक्षर भए तिमी नै हौ कारण
शिक्षित मान्छेले शिक्षाका कुरा बुझ्छ
शिक्षकका कुरा बुझ्छ
शिक्षकको सम्मान गर्छ
शिक्षकको चरणमा पर्छ
त्वमेव माता ….. भन्छ
गुरुको अगाडि नम्र बन्छ
हाम्रो संस्कारले पनि त्यही भन्छ ……

शिक्षकलाई आन्दोलन गर्न बाध्य पार्ने
आफ्ना निजी स्वार्थ साध्य गर्ने
व्यक्ति बैरी हो
सरकार ऐरी हो
कर्मचारी कर्ममारा हुन्
नेता ज्ञानमारा हुन्
तुलनामा ….
नेपालका शिक्षक सर्वहारा हुन् ….

सरकार सबैको मूल हो
गुरुको चित्त दुखाउनु ठुलो भूल हो
सत्तामा जो भएपनि शिक्षकको समस्या हेरिनु पर्छ
शिक्षाको मुहार फेरिनु पर्छ
समस्या समाधान हुनै पर्छ
शिक्षक विरोधी रुनै पर्छ …..!!

गुरुको गुरु गोरु हुनै सक्दैन
गुरुको मालिक गधा हुनै सक्दैन
गुरुलाई मुर्ख्याइँ , धुर्त्याइँले छुनै सक्दैन ..
एउटा गुरुका हजार दिमाग
हजार दिमागका लाखौं भेला
लाखौं भेलाका करोडौं चेला
सधैंका लागि अन्त्य होस् खेला
शिक्षकको नाममा नदोहोरियोस् झमेला ….
समाज बदल्ने शिक्षकले
देश बदल्छ
भेष बदल्छ
परिवेश बदल्छ
युग बदल्छ …
“साँच्चै चाह्यो भने सत्ता बदल्छ
आफ्नै सरकार बनाउन सक्छ…. शिक्षकले”

०००
सिन्धुली ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x