साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्तर आधुनिक कविता

पँहेलाे कमेराे र हरियाे सुनकाे भाउ छ स्वर्गमा गाउँ छ देशकाे पहेलाे नाउँ छ मदन पुरस्कार प्रज्ञा जलाशय पिपिरिकाे पात बजाएकाे आहा क्या अमिलाे !!

Nepal Telecom ad

हाेम सुवेदी :

फर्सी नफलिकन ब्यायाे
भैँसीकाे लहराे रुखमा फैलेर
जमिनभरी गट्टा लागेका छन्
कान्छा घर्तीका हाँगामा
मौरीकाे गाेलाे छ
तिताे मह लाउने
ती मौरी पाहाहरू
पानीभित्र छन्
गर्धवहरू
हवाइजहाजकाे यात्रामा
अविराम छन्
पाइलट बनेका ।
मुसाहरूले
यस पालि दूध कम दिए
आर्थिक मन्दि छ
यसैले
सुपारिका रुखमा फलेका कटहरकाे
भाउ नै पाएन
निलाे मह
कालाे दूध
पँहेलाे कमेराे र
हरियाे सुनकाे भाउ छ
स्वर्गमा गाउँ छ
देशकाे पहेलाे नाउँ छ
मदन पुरस्कार
प्रज्ञा
जलाशय
पिपिरिकाे पात
बजाएकाे
आहा क्या अमिलाे !!

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x