साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकवि देवकोटा

लेखे लेख्नेहरूका गुरु बनिन पुगे छात्रलाई पढाए पैसा धेरै कमाए करुण मन लिई धेर बाँडे उडाए दुःखीका दुःख बोले जनहित लिनका लागि आवाज लाए नेपाली मातृभूको परिचय महिमा विश्वलाई बताए।।

Nepal Telecom ad

रमेश खकुरेल :

जो हाम्रा देवकोटा कविकुलगुरु हुन् नाम लक्ष्मी प्रसाद
तीजस्ता अन्य को होस् कवि भुवनभरै शारदाको प्रसाद
यी एक्लै पन्त हुन् वा अझ थप उभिने ती निराला प्रसाद
गेटे वा सेक्सपीयर् जुन पनि कवि हुन् माथि लक्ष्मी प्रसाद ।।

जन्मे नेपाल छानी सुरपुरसरिको देश उच्चस्तरीय
ल्याएथे बुद्धि ठूलो पठनमनन भो ज्ञान उच्चस्तरीय
साथैमा कल्पनाको अगणित गतिमा उड्न सक्ने उडान
नेपाली मातृभाषा स्तर उपर हुने गर्न थाले उठान ।।

वाणीका पुत्रलाई अतुलित जननीको कृपा झर्न थाल्यो
नेपाली काव्यलाई दिनदिन यसको फाइदा बढ्न थाल्यो
मानौँ वर्षा झरीमा झरझर असिनाझैँ गरी काव्य निस्के
संसारै जिल्ल पारी अप्रतिभ कविले अग्रणी स्थान टेके ।।

चाहे हून् गद्यमाला कि सरस कविता वा महाकाव्य ठूला
चाहे हून् खण्डकाव्य प्रकृतिसित रमी झुल्नका लागि दोला
विश्वासै गर्न गाह्रो किसिमसित उनी लेखनीसाथ दौडे
मानौँ पौडी सिपालु प्रखर जन कुनै तालका भित्र पौडे ।।

लेखे लेख्नेहरूका गुरु बनिन पुगे छात्रलाई पढाए
पैसा धेरै कमाए करुण मन लिई धेर बाँडे उडाए
दुःखीका दुःख बोले जनहित लिनका लागि आवाज लाए
नेपाली मातृभूको परिचय महिमा विश्वलाई बताए।।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x