साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुजूँ नित्य कुर्सी जपूँ रामराम

सबै त्याग्न सक्ने म कुर्सी नसक्ने यही मूलमन्त्र कुर्सी म जप्ने । फुटाएर पार्टी सबै छिन्नभिन्न म पारूँ बनूँ अङ्ग आफैँ अभिन्न ॥

Nepal Telecom ad

उत्तम विचार :

हुँँ कुर्सी पुजारी सधैंँ पुज्न पाऊँ
म सत्ता र भत्ता दुवैमा रमाऊँ ।
जहाँ हुन्छ कुर्सी त्यहीँ कामधन्दा
मलाई छ प्यारो यही प्राणभन्दा ॥१।

यता हेर्छु हाम्रा उता हेर्छु हाम्रा
कुनै छानिएनन् भनी योग्य राम्रा ।
गुमाएर कुर्सी नभोगूँ म सास्ती
घुमाएर कुर्सी गरूँ मोजमस्ती ॥२।

मिलूँ खान पाए गरूँ एकभक्ति
बनूँ देश हाँक्ने म नै सर्वशक्ति ।
सबै पक्षलाई समेटेर जाऊँ
जपूँ मूल नारा र आफैँ म खाऊँ ॥३।

नदेखेर कुर्सी हिजोअस्ति जस्तो
नहोस् चिन्न गाह्रो म नैँ हैन जस्तो ।
चलोस् राज मेरै विना रोकटोक
ममा प्यास बढ्दो छ कुर्सी भोक ॥४।

सबै भ्रष्ट जाली मिली खान खोज्ने
कहाँँ भाग पुग्थ्यो कुरै छन् नबुझ्ने ।
हिजो स्वप्न देखेँ लगे मेच आई
न निद्रा न ता भोक पारे मलाई ॥५।

सबै त्याग्न सक्ने म कुर्सी नसक्ने
यही मूलमन्त्र कुर्सी म जप्ने ।
फुटाएर पार्टी सबै छिन्नभिन्न
म पारूँ बनूँ अङ्ग आफैँ अभिन्न ॥६।

फुकाएर गाँठो बढूँ भन्न सक्छन्
मिली उच्च माथा चढूँ भन्न सक्छन् ।
यही तीर्थ मेरो यही चार धाम
पुजूँ नित्य कुर्सी जपूँ रामराम ॥७।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
मोबाइल

मोबाइल

उत्तम विचार
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x