साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुजूँ नित्य कुर्सी जपूँ रामराम

सबै त्याग्न सक्ने म कुर्सी नसक्ने यही मूलमन्त्र कुर्सी म जप्ने । फुटाएर पार्टी सबै छिन्नभिन्न म पारूँ बनूँ अङ्ग आफैँ अभिन्न ॥

Nepal Telecom ad

उत्तम विचार :

हुँँ कुर्सी पुजारी सधैंँ पुज्न पाऊँ
म सत्ता र भत्ता दुवैमा रमाऊँ ।
जहाँ हुन्छ कुर्सी त्यहीँ कामधन्दा
मलाई छ प्यारो यही प्राणभन्दा ॥१।

यता हेर्छु हाम्रा उता हेर्छु हाम्रा
कुनै छानिएनन् भनी योग्य राम्रा ।
गुमाएर कुर्सी नभोगूँ म सास्ती
घुमाएर कुर्सी गरूँ मोजमस्ती ॥२।

मिलूँ खान पाए गरूँ एकभक्ति
बनूँ देश हाँक्ने म नै सर्वशक्ति ।
सबै पक्षलाई समेटेर जाऊँ
जपूँ मूल नारा र आफैँ म खाऊँ ॥३।

नदेखेर कुर्सी हिजोअस्ति जस्तो
नहोस् चिन्न गाह्रो म नैँ हैन जस्तो ।
चलोस् राज मेरै विना रोकटोक
ममा प्यास बढ्दो छ कुर्सी भोक ॥४।

सबै भ्रष्ट जाली मिली खान खोज्ने
कहाँँ भाग पुग्थ्यो कुरै छन् नबुझ्ने ।
हिजो स्वप्न देखेँ लगे मेच आई
न निद्रा न ता भोक पारे मलाई ॥५।

सबै त्याग्न सक्ने म कुर्सी नसक्ने
यही मूलमन्त्र कुर्सी म जप्ने ।
फुटाएर पार्टी सबै छिन्नभिन्न
म पारूँ बनूँ अङ्ग आफैँ अभिन्न ॥६।

फुकाएर गाँठो बढूँ भन्न सक्छन्
मिली उच्च माथा चढूँ भन्न सक्छन् ।
यही तीर्थ मेरो यही चार धाम
पुजूँ नित्य कुर्सी जपूँ रामराम ॥७।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x