साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दलाल

न भो हिजो के त्यसको छ मान न भोलिका लागि छ राख्‌नु शान जे होस् त्यहीं खोज्छ दलाल खान चाहे बनोस् भोज्यथलो मसान ।।

Nepal Telecom ad

रमेश खकुरेल :

दलालको देश कुनै हुँदैन
दलालको धर्म कुनै हुँदैन
दलालको जात कुनै हुँदैन
दलालको साथ कुनै हुँदैन ।।

दलालका लागि पिता छ पैसा
माता छ पैसा अनि मित्र पैसा
मायाँ छ पैसा अनि धर्म पैसा
हो मर्म पैसा अनि कर्म पैसा ।।

यी बेच्न सक्छन् जननी लगेर
यी ढाँट्न सक्छन् खुद नै ठगेर
यी नाच्न सक्छन् सब नाङ्गिएर
यी हाँस्न सक्छन् बिष झाङ्गिएर ।।

न भो हिजो के त्यसको छ मान
न भोलिका लागि छ राख्‌नु शान
जे होस् त्यहीं खोज्छ दलाल खान
चाहे बनोस् भोज्यथलो मसान ।।

दलाल यस्तो किन जन्मिंदैन
जो लाज मानीकन देखिंदैन
जो बन्नु पर्दा यसरी दलाल
दु:खी बनी मान्छ ठुलो मलाल ।।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x