साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म आगोसँग खेल्न तयार छु !!

म आगोसँग खेलिरहेको छु पानीसँग जमिरहेको छु हिमाल पाइतालामा राखेर सागरको शिर हिँडिरहेछु हिँडिरहेछु हिमाल पाइताला र शिर सागर सन्सनाएर समग्र !!

Nepal Telecom ad

कलानिधि दाहाल :

म आगोसँग खेल्छु
पानीसँग ठोस बन्छु
परम्मराका जरा उखेलेर
परम्परा उभिन्छु
धेरै ठक्करहरू
पिचास बनेर
मेरा वरिपरि घुमे
घुम्दै छन्
सारा ठक्कर गाँसेर
नरमुन्डको
एउटा सुन्दर माला
गलामा पहिरिसकेको छु
मलाई
बरफले चिसो दिन सक्दैन
ग्रीष्मर्तुको
उतप्त गर्मीले
पसिना चुहुन्नन्
म पानीजहाजबाट
आकाश उभिन्छु
र जम्बोजेटबाट
जलसयर गर्छु
अनन्त अनन्तसम्म
जहाबाट पृथ्वी रहन्न
-पाइलाको
कलङ्कको टीको
तिम्रा ललाटमा
रेखो बनिसकेको छ
-छद्मभेषको
-पापाचारको
-दुराचारको
-दुर्दिनको
-अपराधका एक जुलुस सगरमाथाको
निर्धक्क थाप
-धार्मिक पन्डो बनेर
-राजनीतिक गुन्डो बनेर
-बलात्कारको रन्डो बनेर
-नेतृत्व उचाइको सन्डोमुसन्डो बनेर
गर्ने त गरिसक्यौ
अब जति पखालिए पनि
तिम्रा नसामा
दशा बनेर पसेको
अपराध पखालिन्न
धोइन्न
खुर्किइन्न
खँदारिन्न कतै खाल्डोमा
जति नै
सुनपानी छर्क
या नुनपानी
नचिन्नेहरू
तिम्रा सेता गिजामा
काला ओठलाई
सिरक देख्छन्
म सेतो हड्डीभित्र पनि
मसान जगाएर
हिमाल पाइतालामा
र सागर
शिरमा उचालेर
आगोसँग खेल्न तयार छु
पानीसँग जम्न तयार छु
जुम्रोको मुटु बोकेर
तिमी जति नै
-जुलुस निकाल
-खादाका माला झुलाऊ
-काला ओठ खोल
-सेता गिजाको सिरक ओढ
तिम्रा भेडाको जुलुसभन्दा
माथि
धेरै पर
म आगोसँग खेलिरहेको छु
पानीसँग जमिरहेको छु
हिमाल पाइतालामा राखेर
सागरको शिर हिँडिरहेछु
हिँडिरहेछु हिमाल पाइताला
र शिर सागर
सन्सनाएर समग्र !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x