साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुठेल्नोका भाँडा

सुराका प्याला छन् चमच बटुका प्लेट कप छन् बसेका कुर्सीमा गजसरि उठेका उदर छन् उता भाँडो भान्सासित पर गई गर्छ जिरह जुठेल्नोको हल्ला कचकच छ चल्दै अझ पर ॥

Nepal Telecom ad

डा. खगेन्द्रप्रसाद दाहाल :

सधैँ खाने खान्छन् ढसमस बसी छन् मुसुमुसु
हसुर्नेका वार्ता सहजसित चल्छन् खुसुखुसु
जुठा भाँडा आफैँसित कलहका छन् कति निहुँ
जुठेल्नोका भाँडासँग कचहरी चल्छ दिनहुँ ॥

ठुला साना तारे सुखसयलका होटल मुनि
अँध्याराका धन्दासहित मनका व्यञ्जन चुनी
बसेका मान्छेको कलुषित जुठोको लतपत
जुठेल्नोका भाँडा विरहसित बोल्छन् फतफत ॥

सुराका प्याला छन् चमच बटुका प्लेट कप छन्
बसेका कुर्सीमा गजसरि उठेका उदर छन्
उता भाँडो भान्सासित पर गई गर्छ जिरह
जुठेल्नोको हल्ला कचकच छ चल्दै अझ पर ॥

कुनै भाँडा आगोसित जलिरहन्छन् भरदिन
धुवाँ ध्वाँसो पोती प्रतिदिन खिइन्छन् हरदम
दुखेसाका बाढीबिच म छु सदा सुन्छु म बसी
जुठेल्नोका भाँडाबिच छु अहिले भर्दछु मसी ॥

म भाँडा माझ्नेमा नजर कसको पुग्छ र कहाँ
ठुला खान्छन् जान्छन् मति अगतिला छन् कति यहाँ
मलाई प्यारा छन् हरकिसिमका वर्तन धन
छ को खोजी गर्ने थिति नियमवाला प्रिय मन ॥

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढाको ढिपी

बुढाको ढिपी

डा. खगेन्द्रप्रसाद दाहाल
देशको सान ढल्ला

देशको सान ढल्ला

डा. खगेन्द्रप्रसाद दाहाल
सम्भ्रम

सम्भ्रम

डा. खगेन्द्रप्रसाद दाहाल
घुम्छन् दुखेसा उही

घुम्छन् दुखेसा उही

डा. खगेन्द्रप्रसाद दाहाल
झटाराहरू सोझियून् लक्ष्यतर्फ

झटाराहरू सोझियून् लक्ष्यतर्फ

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x