सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

झगडा

चर्को चर्को बोल्न थाले हेर इज्जत जम्मै फाले भिन्न जाति पाए पछि सत्यानाश पारे गति । मान्छेजस्तै कालो मति अत्याचार देखेँ अति मिल्छन् भन्थे उड्ने जाति देखेँ कस्तो नाङ्गो मति ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

एउटा कौवा काले काले
अर्को कौवा कण्ठीवाले
आँगनमा दुईटा भेटे
हेर्दाहेर्दै लड्न थाले ।१

का ! का ! गर्छ कालोवाले
क्वाँ क्वाँ गर्छ अर्को खाले
साथी डाक्यो एउटाले
लस्कर यतै लाग्न थाले ।२

पोखिएक सिता भात
देख्नै हुन्न कस्तो जात
त्यसैनिम्ति परेको हो
झगडा यो चर्को खाले ।३

कण्ठीवाला एक्लै भयो
साथी कोही थिएनन् कि
झगडामा जानै हुन्न
भन्दै जान दिएनन् कि ?४

कमजोर पाए हेलाँ
हेप्ने चेप्ने कस्तो लीला
निर्धामाथि जाई लागे
नङ्ग्रा चुच्चा धस्न थाले ।५

भुत्ला जम्मै उखेलेका
भर्खरै होला उम्रिएका
एक्लो हुँदा साह्रै कष्ट
जातै यस्तो कस्तो दुष्ट ।६

चर्को चर्को बोल्न थाले
हेर इज्जत जम्मै फाले
भिन्न जाति पाए पछि
सत्यानाश पारे गति ।७

मान्छेजस्तै कालो मति
अत्याचार देखेँ अति
मिल्छन् भन्थे उड्ने जाति
देखेँ कस्तो नाङ्गो मति ।८

०००
बैजनाथ १- चिसापानी, बाँके

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भर्ना गरेर आएँ

भर्ना गरेर आएँ

घनश्याम रेग्मी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
पिता माता हुन् हाम्रा चेतना-प्रभा

पिता माता हुन् हाम्रा...

घनश्याम रेग्मी
गन्तव्य नै हराए

गन्तव्य नै हराए

घनश्याम रेग्मी
घोडेजात्रा र नेता

घोडेजात्रा र नेता

घनश्याम रेग्मी
बेथा नउल्टिए हुन्थ्याे

बेथा नउल्टिए हुन्थ्याे

मुक्तिनाथ शर्मा
जिन्दगी : अनेक अनुभूति

जिन्दगी : अनेक अनुभूति

गाेपेन्द्रप्रसाद रिजाल
मन्त्री-संवाद

मन्त्री-संवाद

डा.जीवन अधिकारी
व्यङ्ग्यका दुई छिर्के

व्यङ्ग्यका दुई छिर्के

लक्ष्मण नेवटिया
धरोधर्म गर्छु (२४)

धरोधर्म गर्छु (२४)

डिल्लीप्रसाद मूलतिहुन