साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झगडा

चर्को चर्को बोल्न थाले हेर इज्जत जम्मै फाले भिन्न जाति पाए पछि सत्यानाश पारे गति । मान्छेजस्तै कालो मति अत्याचार देखेँ अति मिल्छन् भन्थे उड्ने जाति देखेँ कस्तो नाङ्गो मति ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

एउटा कौवा काले काले
अर्को कौवा कण्ठीवाले
आँगनमा दुईटा भेटे
हेर्दाहेर्दै लड्न थाले ।१

का ! का ! गर्छ कालोवाले
क्वाँ क्वाँ गर्छ अर्को खाले
साथी डाक्यो एउटाले
लस्कर यतै लाग्न थाले ।२

पोखिएक सिता भात
देख्नै हुन्न कस्तो जात
त्यसैनिम्ति परेको हो
झगडा यो चर्को खाले ।३

कण्ठीवाला एक्लै भयो
साथी कोही थिएनन् कि
झगडामा जानै हुन्न
भन्दै जान दिएनन् कि ?४

कमजोर पाए हेलाँ
हेप्ने चेप्ने कस्तो लीला
निर्धामाथि जाई लागे
नङ्ग्रा चुच्चा धस्न थाले ।५

भुत्ला जम्मै उखेलेका
भर्खरै होला उम्रिएका
एक्लो हुँदा साह्रै कष्ट
जातै यस्तो कस्तो दुष्ट ।६

चर्को चर्को बोल्न थाले
हेर इज्जत जम्मै फाले
भिन्न जाति पाए पछि
सत्यानाश पारे गति ।७

मान्छेजस्तै कालो मति
अत्याचार देखेँ अति
मिल्छन् भन्थे उड्ने जाति
देखेँ कस्तो नाङ्गो मति ।८

०००
बैजनाथ १- चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x