साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरा काट्नेका कुरा

यो त हेर्नोस् मैले कुरा काट्नेका कुरा गरेको हो कुरा काट्नेका कुरा गरेको हो फूल आफैमा रंगीन थियो, मैले त खालि बुट्टा भरेको हो मजा आउँछ नि कुरा काट्दा हो, मैले पनि त्यही गरेको हो ।

Nepal Telecom ad

नवराज कार्की :

अर्काका कुरा खोतल्नु
कानबाट खानु
मुखबाट ओकल्नु
मजा आउँछ नि कुरा काट्दा
काट्नू, काट्नू
धित मारेर बोल्नू

भाषण ठोक्नेले भाषण ठोक्नू.
ताली ठोक्नेले ताली ठोक्नू
मजा आउँछ नि, कुरा काट्दा
काट्नू कहिल्यै नरोक्नू

चिलाए झैँ, कन्याए झैँ, ठुँग मारे झैँ
मानौं उसले सधैं जिते झैं
कहिल्यै नहारे झैँं
मजा आउँछ नि कुरा काट्दा
आकाशका तारा झारे झैँं
राम्रो जति उसैले ठीक्क पारे झैँ
नराम्रो जति अर्कैले
सबै बिगारे झैँ
मजा आउँछ नि कुरा काट्दा
ठूलै बाजी मारे झैँ

कुरा काट्नेकै कुरा गरौं भने
सि.आई.ए, के.जि.बि. रअ. के हुन् त ?
देउताको पालाका ती नारद को हुन् त ?
काटौं अर्काका कुरा मजाले
कुरा काट्न हतियार चाहिँदैन
मान्छे भएपछि मान्छेकै कुरा काट्ने त हो !
जति रिस उठे पनि,
मान्छे काट्न त पाईंदैन

भन्नु होला- यो तपाईंले के गरेको नि ?
यो त हेर्नोस् मैले
कुरा काट्नेका कुरा गरेको हो
फूल आफैमा रंगीन थियो,
मैले त खालि बुट्टा भरेको हो
मजा आउँछ नि कुरा काट्दा
हो, मैले पनि त्यही गरेको हो ।

०००
फेब्रुअरी २४, २०२४

अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x