साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कथाले मागेको यथार्थ र मान्छे

मान्छेहरूले पुरानै कथावस्तु पुरानै शिल्पमा सुनाइदिए । कथाले जिन्दगीको अनुभव मागेको थियो तर मान्छेहरूले मृत्युपछिको काल्पनिक सूत्र बताइदिए ।

Nepal Telecom ad

केशव ज्ञवाली ‘आगत’ :

कथाले संस्कारको सुन्दर घर र
सम्बन्धहरूको
सुशील भर मागेको थियो तर
मान्छेहरूले
भ्रष्टाचारका महलहरू बनाइदिए ।

कथाले शिक्षाको सूर्य मागेको थियो तर
मान्छेहरूले
अन्धविश्वासको अँध्यारो फैलाइदिए ।

कथाले समय र समृद्धिका
सम्भावनाहरू मागेको थियो तर
मान्छेहरूले
भयावह गरिबीको चक्रव्यूह बनाइदिए।

कथाले शान्तिपूर्ण परिवेश मागेको थियो तर
मान्छेहरूले
युद्धका घातक प्रतीकहरू बनाइदिए ।

कथाले जिउँदा पात्रहरू मागेको थियो तर
मान्छेहरूले
प्लास्टिकका केही डमीहरू बनाइदिए ।

कथाले जीवन र
जगतको
नवीन कथावस्तु र
शिल्पको सौन्दर्य
मागेको थियो तर
मान्छेहरूले
पुरानै कथावस्तु
पुरानै शिल्पमा सुनाइदिए ।

कथाले जिन्दगीको
अनुभव मागेको थियो तर
मान्छेहरूले
मृत्युपछिको
काल्पनिक सूत्र बताइदिए ।

०००
रुरुक्षेत्र,गुल्मी
हाल सूर्यविनायक, भक्तपुर।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिरोहित देशभक्ति

तिरोहित देशभक्ति

केशव ज्ञवाली ‘आगत’
देशको घर

देशको घर

केशव ज्ञवाली ‘आगत’
देश खोजिरहेको छु म

देश खोजिरहेको छु म

केशव ज्ञवाली ‘आगत’
देश

देश

केशव ज्ञवाली ‘आगत’
लहैलहैमा

लहैलहैमा

केशव ज्ञवाली ‘आगत’
परिदृश्य

परिदृश्य

केशव ज्ञवाली ‘आगत’
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x