साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असङ्गति

आफैँभित्र छ निरङ्कुशताको सिङ्गो दुश्चरित्र तर तिमी अन्य मान्छेहरूमात्र नाङ्गो आँखाले निरङ्कुश देख्छौ र पो ! भन्न त तिमी कतै प्रेम कतै करुणा र कतै अस्पताल पनि भन्छौ तर कतै स्कुल भत्काएर जेल बनाउँछौ र पो !

Nepal Telecom ad

केशव ज्ञवाली ‘आगत’ :

मान्छे आफैँभित्र छ सामन्त
जो कहिले
आफैँमाथि र
कहिले अरुमाथि शासन गर्न खोज्छ
तर तिमी
बजारका सामन्तहरूको मात्र कुरा गर्छौ र पो !

पुल बनाउँदा बनाउँदै
कतै भेटिएको थियो एउटा नायक तर
पूरा हुँदा नहुँदै
उसभित्र पनि
जन्मिँदो रहेछ एउटा खलनायक र पो !

आफैँभित्र छ
निरङ्कुशताको सिङ्गो दुश्चरित्र
तर तिमी
अन्य मान्छेहरूमात्र
नाङ्गो आँखाले निरङ्कुश देख्छौ र पो !

भन्न त तिमी कतै प्रेम
कतै करुणा र
कतै अस्पताल पनि भन्छौ
तर कतै
स्कुल भत्काएर जेल बनाउँछौ र पो !

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिरोहित देशभक्ति

तिरोहित देशभक्ति

केशव ज्ञवाली ‘आगत’
देशको घर

देशको घर

केशव ज्ञवाली ‘आगत’
देश खोजिरहेको छु म

देश खोजिरहेको छु म

केशव ज्ञवाली ‘आगत’
देश

देश

केशव ज्ञवाली ‘आगत’
लहैलहैमा

लहैलहैमा

केशव ज्ञवाली ‘आगत’
परिदृश्य

परिदृश्य

केशव ज्ञवाली ‘आगत’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x