साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तन

एकाएक लेफ्ट राइटमा विभाजित भयो लेफ्टहरू राइटलाई उछिन्दैछन् राइटहरू लेफ्टलाई जित्दैछन् तर एकअर्कालाई अल्झाएर तर एकअर्कालाई छिर्के हानेर लडाउन उद्यत ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

बिहान तीन बजे एउटा एक्लो चरोले
साह्रै सावधान सङ्गीतको
एक पदमात्र उच्चारण गर्‍यो
मौन आकाशमा ।

आफ्नु टाउको छोप्न आकाशलाई समातेको
रातलाई ओछ्याएर निदाउने प्रयास गरेको
सम्झौता तोडिन तोडिन लागेको बेला
चुपचाप
हावाको ध्वनिमापक चट्टानमा
अल्झिएर बजारिन पुग्यो
मौन आकाशमा ।

बिहान ४ बजे
सधैँ घाँस पराल गरिरहेको आकाश
एकाएक लेफ्ट राइटमा विभाजित भयो
लेफ्टहरू राइटलाई उछिन्दैछन्
राइटहरू लेफ्टलाई जित्दैछन्
तर एकअर्कालाई अल्झाएर
तर एकअर्कालाई छिर्के हानेर
लडाउन उद्यत ।

विकासे ठेकदारहरू
गोजीभरी विकासका कथा लेख्दैछन् ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x