साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढे

जम्मा भए चार मिलेर खान के हुन्छ होला यसको निधान भन्दै युवा जाग भनी बढेका न छोड्नु त्यो गोठ न छन् पढेका ॥

Nepal Telecom ad

हरिप्रसाद घिमिरे :

साँढे सधैँ छोड्न हुँदैन खाए
ती भ्रष्टचारी सजिलै अघाए
किसान मारी ठगुवा सपारे
नेपाल हाम्रो सब दग्ध पारे ॥१ ॥

छट्टाउँदै छ्न् मुलुकै सकाए
सत्पात्रलाई तिनले थकाए
बाछा र बाच्छी सब टम्म पारे
साँढे हुने आज सबै लघारे ॥२ ॥

दोसाँधमा जुध्न परेन हारे
लिएर खाए सब हात पारे
तिनै सबै जुध्न सिपालु गोठ
सीमा कटी खोल्न न सक्नु ओठ ॥३ ॥

जम्मा भए चार मिलेर खान
के हुन्छ होला यसको निधान
भन्दै युवा जाग भनी बढेका
न छोड्नु त्यो गोठ न छन् पढेका ॥४ ॥

गुराँसको सुन्दर शान्त देश
साँढे भए चोर यहाँ विशेष
हिमालको सुन्दर सान हेर
निकाल साँढे अब नीति फेर ॥५ ॥

०००
गोरखा, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
ध्वंस

ध्वंस

हरिप्रसाद घिमिरे
बेताल

बेताल

हरिप्रसाद घिमिरे
सुक्ति सङ्ग्राम

सुक्ति सङ्ग्राम

हरिप्रसाद घिमिरे
बेथिति

बेथिति

हरिप्रसाद घिमिरे
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x