साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पदसान

पद भन्नु असारे मेघजस्तो रहेछ कतै बेस्करी गड्गाडाउँछ तर वर्षंदैन कतै घाम चर्कंदाचर्कंदै क्षणमै दर्किन्छ हजुरको पद महिमा अपरम्पार छ ।

Nepal Telecom ad

कृष्णदेव रिमाल  :

हजुरको लवाइ खवाइ सम्झन्छु
महल बगैंचा यार्ड कार सम्झन्छु
हुक्के छाते ब्यागे ट्यागे सम्झन्छु
यो पदको सधैं जय होस् भन्ठान्छु ।

झेलीहरूले अर्कै साँठगाँठ गरेछन्
दुइजिब्रेहरूले फेरि कान भरेछन्
लाएको र खाएको त देखिसहेनन्
मान्छेको जात विश्वासयोग्यै रहेनन् ।

हुन त हिजो हजुरले उसै गरिस्या हो
फेरि पनि नगरिसेला भन्न सकिन्न
हजुरहरूको तिकडम गन्न सकिन्न
उलट्पुलट उथलपुथल जान्न सकिन्न ।

म पनि हजुरकै बगैंचाको एउटा माली
फूल गोडेकै छु, सकेको धन जोडेकै छु
कहिले हजुरको चाकरी गरेर जोडेको छु
कहिले उहाँलाई स्वस्ति गरेर जोडेको छु ।

हजुरको पनि चित्त दुखाउँन भएन
उहाँको पनि चित्त दुखाउँन भएन
के थाहा हजुर ! यहाँ पदको लिला
आज उहाँ भोलि हजुरलाई मान्नुपर्छ ।

खासगरी पद भन्नु पाउ त हो नि
हजुरको ज्यान बोकी हिँड्ने पाउ
हामी आफैंले शीरमा चढाउँछौँ
ब्यर्थै हजुरको भाउ बढाउँछौँ ।

पद भन्नु असारे मेघजस्तो रहेछ
कतै बेस्करी गड्गडाउँछ तर वर्षंदैन
कतै घाम चर्कंदाचर्कंदै क्षणमै दर्किन्छ
हजुरको पद महिमा अपरम्पार छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x