रामदेव पाण्डेतँलाई के मतलव ?
समानताका कुरा गर्छस् नारी हकको विष छर्छस् ए पापी अधर्मी कहीँका जा जा आजै मरी जा कि कसो प्यारी ? हो, एकदम सही हो प्यारे !

रामदेव पाण्डे :
श्रीमती हो यो मेरी
भन् लाग्छे के तेरी ?
जल खुवाउँ कि खुट्टा ढोगाउँ
सुखमा राखुँ कि सास्ती भोगाउँ
तँलाई के मतलब ?
नल्याएवापत टन्न दाइजो
हानेर ढलाउँ कि आगोमा जलाउँ
पानीमा डुबाउँ कि तेजावमा गलाउँ
तँलाई के मतलब ?
व्रत बसाउँ कि काममा धसाउँ
जुत्तामा दबाउँ कि शिरमा बसाउँ
महिनावारीका बेला
जङ्गल पठाउँ कि
छाउगोठ बसाउँ
तँलाई के मतलब ?
सती पठाउन दिन छोडिस्
बोक्सी बनाउन दिन छोडिस्
रिस उठ्दा गोरु कुटे झैं
कुट्न पनि दिन छोडिस्
दाइजो मागेर टन्न
माल लुट्न दिन छोडिस्
अब त्यही व्रत बसाल्ने
फकाएर तल खसाल्ने
त्यति पनि गर्न नपाउनु ?
पुरुष भएको शान पनि
मज्जाले झार्न नपाउनु ?
मन लागेका बेला
मार्न नपाउनु ?
जगल्ट्याएर उत्तानो पारुँ
या
सिधै झुन्ड्याएर मारुँ
तँलाई के मतलब ?
समानताका कुरा गर्छस्
नारी हकको विष छर्छस्
ए पापी अधर्मी कहीँका
जा जा आजै मरी जा
कि कसो प्यारी ?
हो, एकदम सही हो प्यारे !
०००
काठमाडौं






































वाह वाह क्या गज्जब !