साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईंको पारस्परिक प्रशंसा समूह

एक अर्काको कुँडा कर्कटमाथि चर्चा गर्दै पालैपालो वाहवाही गर्नु भो एक अर्काको तारिफ गर्दै एक अर्कालाई दोसल्ला ओढाउनु भो ।

Nepal Telecom ad

सुरेश राई :

तपाईंले उसको
उसले तपाईंको
तपाईंले उनीहरूको
उनीहरूले तपाईंको
हाँच्छयुँलाई पनि
कविता मानेर
चर्चित बनाइदिनु भो
एक अर्काको कुँडा कर्कटमाथि
चर्चा गर्दै
पालैपालो वाहवाही गर्नु भो
एक अर्काको तारिफ गर्दै
एक अर्कालाई दोसल्ला ओढाउनु भो

त्यसैले महाशय !
मलाई माफ गर्नुहोस्
तपाईंको पारस्परिक प्रशंसा समूह
मलाई स्यालको हुईय.. हुईय… गर्ने
हूल जस्तो लाग्छ
त्यसैले म
फेसबुक, इन्स्टा या कहीँ कतै
तपाईंको त्यो जत्थामा आउन
शत प्रतिशत
नामन्जुर छु

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x