साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जे होस् यहाँ झुक्नु छ

यो सोचेर लिँदा कतै हृदयमा उठ्नन् निराशा पनि के गर्ने जब छोप्छ भोलि कृतिको लेखा अवश्यै भनी यस्तो सोच्तछ जो हराउँछ यसै केही नगर्ने बनी आफैले यति ता गरेँ म छु खुशी भन्ने त्यही हो गुणी ॥

Nepal Telecom ad

रमेश खकुरेल :

यो पाना इतिहासको छ अति नै ठूलो निकै अट्तछ
साथै काल छ जो सँगै कतिकसा लेखा लिई हिँड्दछ
लेखिन्छन् इतिहासमा सब कथा जे जे यहाँ गर्दछौँ
यो यस्तो यति वीर यो गरिदियो भन्छौँ सबै गन्दछौँ ॥

कालै हो न त थाक्छ लेखन गरी को वीरले के गर्‍यो
पानै हो न त छोड्छ लेखन टिपी कल्ले गर्‍यो के भयो
सारा काम हुँदैछ रत्ति नडगी छुट्तैन केही पनि
मान्छेले इतिहास पढ्छ यसमा छुट्छन् निकै तै पनि ॥

पाना हो, छ विशाल किन्तु यसमा जे कालले लेख्तछ
यौटामाथि अरू अरू अनि अरू गर्दै निकै थप्तछ
लेखेका घटना ठुला कति थिए ताजा छँदा देखिए
बिस्तारै तिनमाथि लेखिन गए जो भूतका छेकिए ॥

यत्रो काल बित्यो धरा जब भयो के के भए के गए
ती गन्ती कसले गरेर सकियोस् जे सामु छन् देखिए
हामी खूब ग-यौँ भनी जति सक्यौँ गर्छौँ अपेक्षा लिँदै
ती लेखा पनि मेटिनन् समयले अर्का थपी छेकिँदै ॥

यो सोचेर लिँदा कतै हृदयमा उठ्नन् निराशा पनि
के गर्ने जब छोप्छ भोलि कृतिको लेखा अवश्यै भनी
यस्तो सोच्तछ जो हराउँछ यसै केही नगर्ने बनी
आफैले यति ता गरेँ म छु खुशी भन्ने त्यही हो गुणी ॥

कस्ता मानिस यो धरा भवनमा आई गएथे हुनन्
केही छन् इतिहासभित्र त अरू कस्ता कता को हुनन्
साराको मिति हुन्छ निश्चित जसै बेला भयो लुक्नु छ
पाना सीमित काल हो अमित जो जे होस् यहाँ झुक्नु छ ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x