साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुम्भ मेला

मूल्यको मान्यता खूब चल्दै थियो साँच्चिकै लेखनी चाहिँ गल्दै थियो । भोजको मोजमा मातको खोजमा बात बल्दै थियो हात मल्दै थियो ।

Nepal Telecom ad

रमेश खकुरेल :

आज साहित्यको कुम्भ मेला थियो
दीप नै लाख पर्ने बलेको थियो ।

ब्ल्याक लेभल् त खोलो बगेको थियो
शब्द बेपार राम्रै जमेको थियो ।

को कता को कता खूब चर्चा थियो
झुण्डपिच्छे कुनै एक झण्डा थियो ।

धेर यात्री थिए एक पण्डा थियो
भाउ मिल्ने कुरा मात्र चन्दा थियो ।

शब्दका पारखी भावका पारखी
मानका पौरखी हाटका पौरखी ।

मूल्यको मान्यता खूब चल्दै थियो
साँच्चिकै लेखनी चाहिँ गल्दै थियो ।

भोजको मोजमा मातको खोजमा
बात बल्दै थियो हात मल्दै थियो ।

नोटको सामु साहित्य मर्दै थियो
शीत भै व्योमको आँसु झर्दै थियो ।

आज साहित्यको कुम्भ मेला थियो ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
म्यारेजमहिमा

म्यारेजमहिमा

रमेश खकुरेल
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x