साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजधानी सहरको वृत्तचित्र

भव्य बङ्गालामा सुस्ताउने सुस्ताइरहेछन्  आलिसान महलमा बस्न रुचाउने रुचाइरहेछन्  नाक थुन्दै कार डोर्‍याएर तिनींहरू नै बाटो काटिरहेछन्‌ ।

Nepal Telecom ad
पदम दाहाल :
डुङ्डुङ्ती छ काठमाडौं उपत्यका र उसको चोक
डङ्गुर छ फोहोरको
नजिकै पुगेर राजधानी पिच्च थुक्छ
र, नाक छोपेर नदेखिने गरी लाग्छ अर्कै बाटो ।
भोकाएका भुस्याहा पाल्तुहरू
असबाफ दुर्गन्धका फाल्तुहरू
प्लास्टिक र झोलामा फालिएका वस्तुभाउमाथि
चलिरहेछ तानातान
फैलिरहेछ यत्रतत्र दुर्वृत्ति
जहाँ हरिया झिँगा, कन्सुत्ले र पुतलीहरू भन्किरहेछन्
नियामक निकाय टोलाएको छ
मान्छेहरू फन्किरहेछन्‌
उफ्रिरहेछन् सारौंँ र कागहरू
र, उही दृश्यमाथि नाचिरहेछन् बकवादहरू ।
साँझदेखि उज्यालो नफक्रिउन्जेल
जम्मा हुन्छन् डाको छोड्छन् हुच्चिल र स्याल
देशको हबिगत बकिरहन्छन्
देशले बिसाएको छ चुनाबी माहोल
हराएको छ गालीगलौज र चहलपहल
डुङ्डुङ्ती उस्तै बोकिरहेछ मेरो राजधानी सहर ।
भव्य बङ्गालामा सुस्ताउने सुस्ताइरहेछन्
आलिसान महलमा बस्न रुचाउने रुचाइरहेछन्
नाक थुन्दै कार डोर्‍याएर तिनींहरू नै बाटो काटिरहेछन्‌
अतिथि महोदयहरू
मन्दिरैमन्दिरको सहर नियाल्दै
चोक र सडकको जगर–बगर छिचोल्दै
क्यामेरैपिच्छे कैद गरिरहेछन्
अभ्यागत विदेशी पर्यटकहरू
मेरै राजधानी सहरको वृत्तचित्रलाई ।
०००
मादी न.पा. ६, सङ्खुवासभा
हाल, लोकन्थली, भक्तपुर, ९८४२०९९८३१
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x