साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दीक्षान्त कि शिक्षाकाे अन्त ?

भयाे पुग्यो दीक्षितले के नै नाप्ने हाे र बरू बस्छु दीक्षान्तकाे नगरेर स्वर । दीक्षान्त हाे कि शिक्षाकाे अन्त कुरा नै बुझिनँ दीक्षित बन्ने हाेडमा म त कतै नि कुदिनँ ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

दीक्षान्तमा जाने मन थियाे कति कति
मेरै बुद्धि पुगेनछ लाग्यो अलिकति ।

सामाजिक सञ्जालमा फाेटा आए धेरै
फाेटा हेर्दा दङ्ग परें भएँ हेर्या हेरै ।

बिर्खे टाेपी गाउनकाे अर्थ के पाे हाेला
जान्न पाए धन्य हुन्थ्यो तल्लाघरे भाेला ।

दीक्षितले काम के के गर्लान् स्वदेशमा
नाैलाे फड्को मार्ने हुन् कि अब विकासमा ?

ऐलेसम्म के के देन दिए दीक्षितले
भनिदिए कस्ताे हाेला हाम्रा शिक्षितले ?

दीक्षान्तका युवा अब कता जाने हाेलान्
गाउँघर बस्लान् कि त परदेश जालान् ।

स्वदेशकाे लगानीले कता गर्ला सेवा
बुढ्याैलीमा देला कि त लाैरी बनी टेवा ?

सुनें कति समारोह सक्नासाथ उडे
थाहा छैन बाआमाका भावना ती चुँडे ।

हाम्राे विश्व विद्यालय कारखाना हाे कि
गरी खाने शिक्षा दिन्न दलाल पाे हाे कि ?

बुझ्न अझै सक्या छैन राज्य नीति मैले
रेमिटान्स गर्व गर्छ अर्थ नीति जैले ।

मान्छे मर्दा काँध दिने छैनन् गाउँ घर
थाहा पत्ताे छैन देश कता जादै छ र ?

भ्रष्टाचार बढेकाे छ दिन प्रति दिन
रिनमाथि देश डुब्याे भन्छन् छिन छिन ।

बुढा नेता र्याल काढी कुर्ची माथि बस्छन्
युवा भन्ने सिनाेमाथि दाह्रा नङ्ग्रा धस्छन् ।

राजा फाली माहाराजा धेरै जना भए
राज्य सत्ता लैनु गाई बनाउदै गए ।

देशभित्र सम्भावना नदेखेरै हाे कि
गए कि त परदेश युवा झाेला बाेकी ?

काे पाे ठूलाे भएकाे छ पढेर नै यहाँ
देश हाँक्ने सारथि छन् अनपढ जहाँ ।

भयाे पुग्यो दीक्षितले के नै नाप्ने हाे र
बरू बस्छु दीक्षान्तकाे नगरेर स्वर ।

दीक्षान्त हाे कि शिक्षाकाे अन्त कुरा नै बुझिनँ
दीक्षित बन्ने हाेडमा म त कतै नि कुदिनँ ।

०००
रेसुङ्गा न पा- २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x