साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो लोकतन्त्र बिचरो !

यो लोकतन्त्र विचरो किन बौरिएन ? भो भीडतन्त्र भरिलो यश पौडिएन खिल्ली कठै नकचरो चर भासिए झैँ सक्ला उकास्न अधुरो कसले बिहानै ?

Nepal Telecom ad

पदम दाहाल :

आशा खुबै अगतिला पगिता रहेछन्
हालेर गाँस गतिला नअघाउने झन् ।
औताउँदा पनि प्रपञ्च प्रथा पलाए
थाम्नै सकेन घरले सुविधा कजाए ।१।

नेतृत्व नायबहरू मतपत्र खोल
नाराज देश बबुरो अलपत्र तोड !
झुक्याउने छवि बनोट लुछी कमाए
सैतान गोमन समान ढुकी रमाए ।२।

लुट्ने हिसाब व्यभिचार दशा नपाल
भो लोकतन्त्र बिचरो खिचलो नपार !
ठाडो जवाफ नगरी पर फाल दोष
नालायकीपन नराधम स्वप्नदोष ।३।

मान्छे कृतघ्न किन पो कृपणी कठोर ?
मैलो छ भित्र अपवित्र नहुन् अघोर !
देखिन्न त्यो सफलता घर खै उज्यालो ?
सम्पन्न वैभवजुनी रमिता पजँेरो ! ।४।

दुर्गन्ध चाल अवगाल उचालिंदैछन्‌
विश्वासघात भरिभन्ड भए अझै झन् ।
जोडेर हात मत मात्र नहुन् विनाश
आक्रान्त चोट अतिसार घटून् निराश ! ।५।

यो लोकतन्त्र विचरो किन बौरिएन ?
भो भीडतन्त्र भरिलो यश पौडिएन
खिल्ली कठै नकचरो चर भासिए झैँ
सक्ला उकास्न अधुरो कसले बिहानै ? ।६।

त्यो भोकतन्त्र छिचरो छ कि भोक जाग्ने ?
भो भ्रष्टतन्त्र गिजलो दश दोष लाग्ने ।
धुत्ने समाज छ यहाँ सुख शान्ति छल्ने
आकाश निर्मल खुलोस् नव कान्ति भर्ने । ।७।

०००

मादी न.पा. ६, सङ्खुवासभा । हाल, लोकन्थली, भक्तपुर ।
९८४२०९९८३१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x