बालकृष्ण खनालसञ्जालमा देखियो
हाम्रो सान जलेर खाग हुन गो, हो सिंहदरवार जो को हो त्यो अपराध गर्न सकने खोजौँ ढिला भैसक्यो। आगो झोस्न पुगेछ अघिसरी, कस्को इसारा थियो खोज्नै पर्छ छिटो विलम्व नगरी, सन्जाल जो देखियो।

बालकृष्ण खनाल :
धेरै नोट जले जले घरकती, बाँकी रहे भ्रष्ट ती
खोजौ देश विदेशको अबछिटो, ती भ्रष्टको सम्पती।
लागौँ राष्ट्र बचाउने किसमले, हे राष्टवादीहरू
त्याग्नै पर्छ भने विलम्ब नगरी, त्यागिन्छ पाटी बरू।
कोहो पोल्न सिकाउने मुलुकको, पर्दा पछाडी बसी
अर्काको बनि दास त्यो मनुजलृ, जोड्यो कती सम्पती।
कोहो त्यो अपराध गर्न सकने, कस्तो छ त्यस्को भव
देखाऊ जनको विलम्ब नगरी, ए देशका शासक।
आफ्नो राष्ट्र समाल ए सपुत हो, खोर्सेर बाँझा गरा
फुल्ला फूल जताकतै मुलुकको सारा कुना कन्दरा।
हालौँ भोट चिनेर शुद्ध जनको, दागी नभाको कतै
आफ्नै देश बसेर शुद्ध मनले सेवा गरेको सधैं।
फर्की आउ बिदेशबाट अहिल्यै, सम्झेर आफ्नो थल
केही गर्छु म देशमा अब भनी, बोकेर आत्मा बल।
खोस्ने हो अब ता लडेर रणमा, भागेर के मिल्छर ?
तिम्रो साथबिना बुढा र बुढीले,यो देश के बन्छ र ?
हाम्रो सान जलेर खाग हुन गो, हो सिंहदरवार जो
को हो त्यो अपराध गर्न सकने खोजौँ ढिला भैसक्यो।
आगो झोस्न पुगेछ अघिसरी, कस्को इसारा थियो
खोज्नै पर्छ छिटो विलम्व नगरी, सन्जाल जो देखियो।
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest







































