साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

मुर्दा बाँधेको खटसङ्गै रोगी सुतेको खाट हाँस्छ शवमाथि बेरिएको पहेंलो रामनामी पाट हाँस्छ जीवित छँदा जिउँदै मार्ने मरेपछि फूल चढाउने लर्को हेरेर मान्छेहरूको चिता हाँस्छ घाट हाँस्छ ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
प्रीत मिल्दैन रीत मिल्दैन गीत सङ्गीत मिल्दैन
प्रमाणबिना यस्तै हो भनेर गर्न सावित मिल्दैन
दुर्घटना त नियमित यहाँ भइरहन्छन् किन भने
कितावको गणितसङ्ग जीवनको गणित मिल्दैन ।

२.
कोही भोकले कोही जथाभावी खाएर मर्नुपर्छ
बाँच्ने तृष्णामा ग्यास च्याम्बर चियाएर मर्नुपर्छ
महङ्गो होटल सरह रहेछ निजी अस्पताल भन्नु
पैसा नहुनेहरूले जहाँ उपचार नपाएर मर्नुपर्छ ।

३.
यी खञ्चुवाहरूको डाइटमा के के हुन्छ हेर्नुछ
सैतानहरूको ग्याङ्गफाइटमा के के हुन्छ हेर्नुछ
अत्यन्तै घृणित खेल रहेछ राजनीति भन्नू पनि
फ्रस्टेसनको डम्पिङ साइटमा के के हुन्छ हेर्नुछ ।

४.
मुर्दा बाँधेको खटसङ्गै रोगी सुतेको खाट हाँस्छ
शवमाथि बेरिएको पहेंलो रामनामी पाट हाँस्छ
जीवित छँदा जिउँदै मार्ने मरेपछि फूल चढाउने
लर्को हेरेर मान्छेहरूको चिता हाँस्छ घाट हाँस्छ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x