साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुझ्दैछु मेरो सरकार कस्तो

आराधनाको जपको छ मन्त्र रोगै नलाग्ने गफिलो छ तन्त्र छन् मोहनीका बहु रासलीला बिर्ता बनेका बहुमुल्य किल्ला । हौदा कसेको गजद्वार अर्को आरम्भमा हुन्न कदापि झर्को त्यो द्वारले दौलत पुज्य मान्छ थोत्रा लुगा कीट समान ठान्छ ।

Nepal Telecom ad

शम्भु गजुरेल “कुनाघरे काइँलो”:

जाने कता हो पथ देखिँदैन
चौराह कुर्दा रथ भेटिँदैन
खम्बा छ ढुङ्गे युगको निशानी
चौतर्फ उस्तै धमिलो कहानी ।

छन् द्वार उस्तै अति भव्य भव्य
छन् द्वारपाले पनि सभ्य सभ्य
प्रारम्भमा लाग्छ प्रभात जस्तो
सम्पूर्ण ढोका दरबार जस्तो ।

पूर्वीय ढोका नगरा बजेका
राता पहेँला पगरी कसेका
देखाउँदै छन् परलोक राम्रो
भन्छन् छ राम्रो इतिहास हाम्रो ।

आराधनाको जपको छ मन्त्र
रोगै नलाग्ने गफिलो छ तन्त्र
छन् मोहनीका बहु रासलीला
बिर्ता बनेका बहुमुल्य किल्ला ।

हौदा कसेको गजद्वार अर्को
आरम्भमा हुन्न कदापि झर्को
त्यो द्वारले दौलत पुज्य मान्छ
थोत्रा लुगा कीट समान ठान्छ ।

बास्ना चलेका परिकार पाक्ने
लेखो कवै कार्मिकको नराख्ने
होचो र अग्लो अभिमान जस्तो
मोती बलेको धनद्वार जस्तो।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x