युवराज मैनालीयस्तै हो त लोकतन्त्र ?
मन्त्रै मन्त्रको पोका पन्तर
तन्त्रै तन्त्रको जन्तरै जन्तर
काम काजैमा बिशाल अन्तर
बहुजन हिताय छु मन्तर ।
असलालाई असल बनाइन्छ
जो त्यसै पनि लोप भइसकेको छ
मसलै मसलले घेराउ रहेछ
लोकतन्त्र त यस्तो पो रहेछ ।
तीन भन्दा साढे पनि अट्दो रहेनछ
जनता बोल्नै नसक्ने हुँदो रहेछ
बोल कबोलमा चल्ने पो यो रहेछ
प्रधानमन्त्री छान्न यन्त्र मगाउन पर्ने रहेछ ।
ठाँटको ढाँट राजमार्ग छेक्दो रहेछ
टोकरी भरिन मात्र छाँट पार्दो रहेछ
उल्टो बोलीको चलखेल पो रहेछ
प्रजातन्त्र भन्न लाज लागेर फेरेको बोली रहेछ
यो जन लोकतन्त्र गणतन्त्र यस्तो पो रहेछ ।
काँचो धागोले बाँधेको छसय एक रहेछ
छेकाछेक देखादेख गर्ने खेल रहेछ
घण्टेहरूको घण्टाउकोले ठटाउने रहेछ
समय कटाउने बेकारी बढाउने रोल रहेछ
शिक्षाको दानपात्र उल्टाउँदो खेल खेलिन्छ
आस गरेर बेसेका आसैमा झेल हेर्दछ
तन्त्र कर्मचारीको दलको दाम्लोले नारिदाँे रहेछ
राजमार्ग हिलोमा गाडिएर पल्टिने गर्दो रहेछ
जनसङ्ख्या नियन्त्रणको कोल्टो फेरिदोँ रहेछ ।
डेंगुको थपथपाईमा निर्धो पर्दो/गिर्दो रहेछ
दर्विलो शक्ति अरव पुगेर कफनबाट फिर्दो रहेछ
जाँतो रहेछ सङ्क्रमण काल घुन बनाएर पिसाई हुदाँे रहेछ
शिक्षा स्वास्थ आधारभूत द्रव्य भूतले निल्दो रहेछ
मेलापातबाट वालिका फर्कदैन
बलात्कृत भई रुखमा फल्दो रहेछ
अपहरणको संस्कृतिको दर वस्दो रहेछ
सेताम्य वस्त्रभित्र कालो नाग डस्दो रहेछ ।
लोकतन्त्रमा ए बाबै के जन्म्यो यो संस्कृति
जताहेर बिकृतिकै हैकमको छ गति
संगत गर्दा छुरा धस्छन् आफ्नै संगति
लोकतन्त्रले लैजादै छ मान्यता सती ।
Subscribe
Login
0 Comments
Oldest







































