साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेच्छु भन्छ

Nepal Telecom ad

आँखा बेच्छु भन्छ ऊ नानी बेच्छु भन्छ
साँझ नबिके के भो बिहानी बेच्छु भन्छ ।

अभाव नै अभावले सीमा नाघेपछि
पापी पेट पाल्न जवानी बेच्छु भन्छ ।

सुन्नुहोस् न कतिसम्म मुर्ख कुरा गर्छ
घरमा आगो लगाएर खरानी बेच्छु भन्छ ।

यही हातको सिरान लगाई निदा’को थ्यो हिजो
हेर्नुस् न आज त्यही सिरानी बेच्छु भन्छ ।

शब्दको व्यापार यहाँ नगर भन्छु म त
ऊ गजलसँगै आफ्नो कहानी बेच्छु भन्छ ।

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x