साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के गर्नु हामी शठ

Nepal Telecom ad

हाम्रै यी वनका जडी अनि बुटी जान्छन् विदेशैतिर
सस्तो बिक्छ उता प्रशोधन भई भित्रन्छ हाम्रैतिर
सुन्दै मोल सिरिङ्ग गर्छ मुटुमा के गर्नु हामी शठ
चिन्दैनौं घरका जडी र अनि पो भोग्छौं निकै झञ्झट ।

लाटो नै ठगिने जता पनि गयो जोतिन्छ दासैसरि
बाठो शोषण गर्छ मोज उसले नै गर्छ नानाथरी
नेपाली जनता समग्र किन हो लाटो लठेब्रो भयो
बाठो भारतको गुलाम हुनगो झन् सोसियो हेपियो ।

जान्छन् काठ उतै जडी पनि उतै अन्नादि जान्छन् उतै
सेवा गर्न समर्थ हात दरिला जान्छन् जुझारू उतै
बेचिन्छन् युवती उतै धन यहाँ सोसेर लाने उतै
हा धिक् कष्ट बगेर जान्छ किन हो पानी धरी झन् उतै ।

ढल्क्यो धर्म उतै छ निर्णय उतै छन् चार धामै उतै
नेताका मुख कान लोचन उतै साँचो भकारी उतै
माटो उर्वर देशको पनि बगी जाने गरेको उतै
हाम्रा राष्ट्रिय देवता पनि हरे खोज्छन् पुजारी उतै ।

पैठारीतिर मात्र विकृति भयो आफ्नोपना मासियो
नाना फेशन खानपान सबमा नौलोपना गाँसियो
भाषा संस्कृति वर्णसङ्कर भयो गाना बजाना पनि
सिक्छन् कत्थक कष्टसाथ युवती नौलो भयो मारुनी ।

हाम्रा मानिस जो गए तल उता आफ्नै सरी ठान्दछन्
सोझो धर्म इमान शुद्ध मनले जे काम हो गर्दछन्
चौकीदार बने कतै श्रम गरे कोही सिपाही भए
आवादी गरदै कठोर धरती कोही किसानै भए ।

तातो घाम छ टण्टलापुर जहाँ आगो नजीकै बसी
सीमामा पहरा र शीत हिउँमा निनिद्र्र धावा पसी
भैसी गोरु र गाइबस्तु कुरुवा बन्दै घुमी जङ्गल
पुस्तौं ज्यान तजी उतातिर बसी पारे सधैं मङगल ।

सीमा उत्तरतर्फ चीन छ उता ढाकीदियो शैलले
भाषासम्म बुझिन्न जानु चुचुरा काटी बडो कष्टले
हिन्दू हौँ अनि भारतीयसँग नै भाषा बढी मिल्दछ
आर्यावर्त भनेर कर्म गरिंदा सङ्कल्पमा चल्दछ ।

पुस्तौं पुस्त बसेर खेत खनियो माटो बिरानो भयो
सर्कारैसित जो किनेर बसियो झुप्रो बिरानो भयो
काटी गाँस खुवाइयो जुन उही साथी बिरानो भयो
आफ्नै भोट लिई जित्यो जुन उही नेता बिरानो भयो ।

बोकी हात मसाल आउँछ उही आफ्नो पुरानो सँगी
झोसीदिन्छ परालको घरबिषे बल्दो अगुल्टो लगी
भाला वाण र चक्कु बन्दुक झिकी तर्साउने गर्दछन्
ए भाते भतुवा छ बाँच्न मन ता छोडेर जा भन्दछन् ।

हामी भारतनिम्ति शीतल सफा हावा बनी बग्दछौं
तातो लू अनि वेदना दिनदिनै हामी उता पाउँछौं
उन्का जत्ति घुसे यहाँ सब बडो सम्मानले बस्तछन्
हाम्रा चाहिं उता कसिङ्गर बने रोई यता पस्तछन् ।
‘बहिनीलाई सन्देश’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x