साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नै नाममा हाँसौँ

Nepal Telecom ad

१. माउहरू
कमिसनको दाउमा भुले
व्यापारीको भाउमा भुले
नुन खाए, सुन खाए
जनताको गुन खाए
क्लब नामका पसलमा
कहिलेकाहीँ दन्तबजान गर्छन्
पचाउनैका लागि विचरा
एकअर्कालाई भनाभन गर्छन् ।

२. चल्लाहरू
उहिले उहिले चल्लाहरू
रत्नपार्कमा चिच्याउँथे
बनावटी भए पनि
महँगीविरुद्घ नारा भट्याउँथे
आजभोलि उनीहरू
धेरै दानापानीले थला परेका छन्
नेताका धोतीका पल्ला भएका छन्
बजार मिलाइदिने गल्ला भएका छन्
विचराहरू चेतनामा पनि डल्ला भएका छन् ।

३. प्रतिपक्ष
नेपालीका होइनन् कुनै जातका भएका छन्
युरोप र अन्य छिमेकीका भात भएका छन्
विचराहरू आफ्नै जुँगाको बखान गर्छन्
आफ्नै ज्यानको रटान गर्छन्
जनवाद धनवादमा रुपान्तरण भएपछि
उनीहरू विदेशी सुस्ताउने मटान भएका छन् ।

४. जनता
ग्याँस नपाएर दिनभरि लाइन बस्छ
तेलको मूल्य घटे पनि झन बढी गाडीभाडा तिर्छ
नेताले बोलाए ताली ठोक्न जान्छ
भोक लागे पेटमा पटुका कस्छ
सके देशमा बस्छ नसके विदेश पस्छ ।

५. के गरूँ ?
माउहरू जिन्दावाद भनेर नारा लगाऊँ, जानेकै त्यही छ
आफू निराहार बसौं र नेताको चौरासीव्यञ्जनको चिन्ता गरुँ, जानेकै त्यही छ
चित्रबहादुरका कुरा ठीक भनूँ, भोटचाहिँ अन्तै हालूँ, जानेकै त्यही छ
भोक खप्न नसके, खाडीकतार जाऔं, जानेकै त्यही छ
हामी कति महान छौं, सम्झेर हाँसू आफैंलाई, जानेकै त्यही छ
हा हा हा…. ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x