साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डाक्टर हुन या डाँका ?

Nepal Telecom ad

एक दिन हजुर बा
साह्रै बिरामी भएपछि
औषधी गर्ने भनी सहर हिँड्नु भो
जङ्गलमा डाकु भेटिएपछि
एकछिन त लड्नु भिड्नु भो
तर केही नलाग्ने देखेपछि
डाकुको अगाडि हातपाउ जोर्नु भो
दुःख दर्दको कथा, मजाको कोर्नु भो
डाकुलाई पनि दया आएछ क्यारे
दुई चार हजार मात्र दाम लिएछन्
हजुरलाई उल्टै
सुस्वास्थ्यको आशिक दिएछन्
त्यसपछि हजुरबा
हस्याङ फस्याङ गर्दै सहर पस्नु भो
भर्ना भएर त्यसै दिनदेखि
अस्पतालमा बस्नु भो
डाक्टरहरूले पनि
क्यालेन्डर हेर्दै
यमराजले झैं फटाफट
शल्यकृयाको मिति तोके
अपरेसन गर्दा
दुई सयको सामानलाई दुई हजार ठोके
अस्पतालको बिलले हजुर बा
फेरि मुर्छै परे
यसपाली त बिचरा झन्नै मरे
बेडमै बसी बसी बरबराउन थाले
डाक्टर हुन् कि डाँका साले
दुईटै हेर्दा एकै खाले
जङ्गलका भन्दा सहरका भाले
हेर नाति
तैँले तिरेस् है मेरो यो रिण
तिर्न सकेन भने, तेरो बाले ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x