साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता भन्दा नीति धेरै

Nepal Telecom ad

अब त हेर साथी मेरो भाग्य खुलेको छ
प्रगतिमा जनताको आलो रगत घुलेको छ ।

कुरा राम्रो गर्नु भन्थे, काम किन गर्नु प¥यो ?
मिठा–मिठा भाषणमा सारा देशै झुलेको छ ।

सत्ता पाए धन र शक्ति मूल फुट्छ चैतमा नि
ल्याप्चे ठोक्ने विर्खे साँच्चै संसद भवन डुलेको छ ।

भाषणमा स्वीजरल्याण्ड त कति जम्ने कति मरे
विकासले हाम्रो देशमा वनमासा फुलेको छ ।

दीन, दुःखीको भर्याङ बनाई महामन्त्री बनिहाले
आफ्नो स्वार्थ पुरा गरी भोटको भाडा भुलेको छ ।

मै राम्रो हुँ, मै जान्ने हुँ, अरु सबै खराब जातका
सडकको मानव मृत्यु एक/दुई लाखमा सुलेको छ ।

नेता भन्दा नीति धेरै जानीसक्नु छैन गाँठे
दस दिशाका दुषादहरू किन यहाँ हुलेको छ ?
स्याङ्जा
२०७२/०५/२०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x