साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रान्तिकारी बाहुनहरू

Nepal Telecom ad

ऊ एक्लै पहाडी बाटो हिँडिरहेको थियो । एक्कासि ऊसँग उग्र क्रान्तिकारीहरूको भेट भयो । तिनले उसलाई हल्ट गरे । र, बन्दुक तेर्स्याउँदै घेरे । उसको कट्टु भिज्न थाल्यो । उसको मुखको पानी हरायो । एउटा क्रान्तिकारी कमान्डरले ऊसँग सोध्यो–
“किन डराएको ?”
ऊ झन् डरायो । उसका खुट्टा पनि काम्न थाले । ऊ बोल्न सकेन ।
कमान्डरले फेरि सोध्यो–
“किन डराएको दाइ ?”
अहिले पनि ऊ बोलेन । अगिनभन्दा दोब्बरसँग उसका खुट्टा काम्न थाले । उसको कट्टु थप भिज्यो । कमान्डरलाई शङ्का लाग्यो । त्यसकारण कमान्डरले सोध्यो–
“तपाईं पुलिस हो ?”
“होइन ।”
“अत्याचारी हो ?”
“होइन ।”
“छद्मभेषी हो ?”
“होइन ।”
“त्यसो भए डराएको किन त ?”
तर ऊ बोल्न सकेन । किनभने उसको मुखको रस सुकिसकेको थियो । त्यसकारण झर्केर कमाण्डरले भन्यो–
“त्यसो भए को त तपाईं ?”
तर उसले म गाउँको गरिब दमाइँ हुँ भन्न सकेन । किनभने ती क्रान्तिकारी बाहुनहरूलाई छोइएला र तिनको हातको बन्दुक पड्केला भन्ने त्रासमा थियो ऊ ।

(एक्काइसौँ शताब्दी मासिक। २०५७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x