डा.रवीन्द्र समीरझोलामा खोला
आँधीजस्तै बेगवान खोलालाई एउटा व्यापारीले झोलामा राखेर शहर पस्यो । खोलाले गाउँ देखेको थियो, हरिया पहाड देखेको थियो, नीलो आकास देखेको थियो, स्फटिक बालुवा देखेको थियो अनि प्रकृतिसँग मितेरी लगाएर बसेका मान्छेहरू देखेको थियो । मान्छे मात्र हैन, बिभिन्न पशुपंक्षी तथा आफूभित्र खेलिरहेका माछा, कछुवा अनि चेपेगाँडा पनि देखेको थियो ।
यसपटक खोलाले सहर देख्यो । सहर मात्र देखेन । कंक्रिटको जङ्गल देख्यो, निष्प्राण पशुपंक्षी अर्थात गाडी र जहाज देख्यो । धुलो र धुँवाले मैलिएको आकास देख्यो । शब्द, स्पर्श, रुप, रस र गन्ध गायव भएका आवाज, आकृति र मनहरू स्पर्श गर्यो ।
खोलालाई बालबालिका खुब मन पर्थ्यो । खोला शिक्षक बनेर कक्षा कोठामा प्रवेश गर्यो । उसले बिध्यार्थीहरूलाई सोध्यो– तिमीहरूलाई खोला थाहा छ ?
“थाहा छ !” दर्जनौं सुरिला आवाजहरूको मिश्रणबाट बनेको इन्द्रेणी ध्वनिले खोलालाई टुनामुना लगायो ।
“खोलामा के हुन्छ ?” उसको जिज्ञासामा प्रत्येक आवाजलाई अर्को आवाजले ओभरटेक गर्दै बच्चाहरूले भने–
“खोलामा किरा हुन्छन् !”
“खोलामा प्लास्टिक हुन्छ !”
“खोलामा लेदो हुन्छ !”
“खोलामा ढल मिसिएको हुन्छ !”
“खोलामा फ्याँकिएका दाल, भात, तरकारी र हड्डी हुन्छन् !”
“खोलामा गन्ध हुन्छ !”
“खोलामा फोहोर हुन्छ !”
“………..”
खोलालाई निकै रमाइलो लाग्यो । खोलालाई निकै नरमाइलो लाग्यो ।
खोलाले पुन सोध्यो– “खोलालाई कसरी सफा गर्ने ?”
महँगो बिद्यालयमा अंग्रेजी भाषामा गुणस्तरीय शिक्षा पाएका विध्यार्थीहरू कोहि भन्दा कोहि कम थिएनन । उनीहरूले तँछाडमछाड गर्दै जवाफ दिए–
“बोडी स्प्रे छर्केर !”
“सेम्फु र साबुनले धोएर !”
“ड्राइ क्लिनरमा दिएर !”
”वासिङ मेसिनले धोएर !”
“भ्याकुम क्लिनरले सफा गरेर !”
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































